लकडाउन(बन्दाबन्दी)को समयमा विद्यार्थीबाट शुल्क नलिन अखिल क्रान्तिकारीले निजी विद्यालयसंग आग्रह गरेको छ । नेकपा विप्लप निकट अखिल क्रान्तिकारीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनका बेला विद्यमार्थीबाट शुल्क नलिन आग्रह गरेको हो ।

लिएको भएपनि फिर्ता दिन आग्रह गरिएको छ । अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले जारी गरेको विज्ञप्तीमा बन्दाबन्दीमा अनलाईन कक्षा र अन्य बहानामा शुल्क नअशुल्न, कमिसनको खेलमा हरेक बर्ष पाठ्यक्रम परिर्वतको खेल बन्द गर्न र सामुदायिक विद्यालयलाई उच्च सुरक्षा सर्तकताका साथ पुस्तक वितरण गर्न माग गरिएको छ ।

अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिका संयोजक बिरेन्द्र शाहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा शैक्षिक विकृती भन्दै असार १९मा सुप प्रदेशका ९वटै जिल्लाका शिक्षा समन्वय इकाई केन्द्र मार्फत ज्ञापन पत्र बुझाउने, २१मा सरोकारवालासंग छलफल र शुल्क माग गर्ने दवाव दिने विद्यालयलाई पत्राचार गर्ने निर्देशन दिएको छ ।

