- मदन राज जोशी
कन्चनपुर बेलौरी नपा वडा नं २ थापा चौराहा नेर,३ बिगाह १४ कठ्ठा नेपाली भूमि कब्जा गरेर ३०/३५ वर्ष देखि बसेका भारतीय नागरिकलाइ सम्झाई बुझाई शकुसल नेपाली सीमा पार गरिएको छ ।
वडाध्यक्ष कलबिर चौधरी र नेकपा नेता करम साय राना थारु लगायतको टिमले उक्त भारतीय परिवारलाई सिमा पार गर्ने कार्य मा महत्वपूर्ण भूमिका खेलेको छ।
अब उक्त जग्गामा तत्कालै शसस्त्र प्रहरी बलको पोस्ट राख्ने र खेलकुद मैदान समेत बनाउने योजना रहेको नेकपा नेता खेम सुबेदिले जानकारि दिए ।
यसरी नेपाली भूमि संरक्षण गरिएकोमा यस कार्य लाइ सर्वत्र प्रशंसा गरिएको छ।