सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट

धनगढी – सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ।

गत बर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो। प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ।

ताजा समाचार

This will close in 10 seconds