संसदमा उपेन्द्र यादव भने ‘राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्छ’

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए ।

सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उनले बताए ।

उनले भने, ‘‘नेपाल इष्ट इण्डीया कम्पनी र नेपालबीच भएको सुगौली सन्धी अत्यन्तै अपमानजनक थियो । नेपालले ठूलो भूमि गुमाउनुपर्यो । नेपालले कुनै पनि युरोपियन अमेरिकन वा विदेशीलाई इष्ट इण्डीया कम्पनीलाई सोध्नुपर्छ भन्ने अपमानकजनक कुरा थियो ।

काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो । तर महाकाली सन्धी गर्दा सन्धीका हर्ताकर्ताहरु धेरै ठूला पार्टीका ठूला नेताहरु हुनुहुन्थ्यो, अहिलेका प्रधानमन्त्री पनि हुनुहुन्छ । महाकाली नदीबाट पश्चिमका भागको दावी नेपालले छोडेको हो सुगौली सन्धीमा तर महाकाली नदिको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ ।

महाकाली नदीको अधिकांश भाग दुई मुलुको सीमा नदी भएको स्वीकार गर्दै भनेर लेखिएको छ । सुगौली सन्धीले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धीले पछाडि धकेल्ने कुरा उल्लेख छ । जवाफ दिनुप¥यो कांग्रेस कम्युनिष्ट पार्टीका नेताहरुले जवाफ दिनुप¥यो ।

यसका लागि हामी सबैले माफी किन नमाग्ने ? राष्ट्रवादीको नारा हामी दिन्छौँ, मधेशीलाइ गाली गर्छौँ, यिनीहरु भारतीय हुन् भनेर भन्छौ भनेर माफी माग्नुपर्यो नि ।’’

उनले महाकाली सन्धी गर्दा मुहानको टुंगो किन लगाइन भन्दै प्रश्न समेत गरे । नेपालको नक्सा पहिले चुच्चो भएपनि पछि गायब भएको उल्लेख गर्दै उनले यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्ने बताए ।

कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उनले सन् १९६५ मा पनि सन्धी भएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने उनले बताए ।

राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्ने नसक्ने उनले बताए । नीतिगत कुराहरु आफ्नो ठाउँमा भएपनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको उनले बताए ।

ताजा समाचार

This will close in 10 seconds