यौनाङ्गमा कोदालोको बिंड हालेर घाइते भएकी ९ वर्षीया बालिकाको उपचार प्रदेश सरकारले व्यहोर्ने भएको छ । उपचारको अभाव झेलिरहेकी रुपन्देहीको तिलोत्तमा १० शान्तिनगरकी पीडित ९ वर्षीया बालबालिकाको उपचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गर्ने भएको हो।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालका अनुसार बालिकाको उपचार गर्ने गरी मन्त्रालयले तयारी शुरु गरेको छ । बालिकाको अर्को शल्यक्रिया १५ असारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गर्ने तयारी भइरहेको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
महाशाखा प्रमुख बस्यालले प्रदेश ५ मा सञ्चालित सुरक्षित आवास कार्यक्रम अन्तर्गतको रुपन्देहीका लागि पार्टनर गैरसकारी संस्था कदम नेपालले बालिकालाई संरक्षण दिएको बताइन्।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
आर्थिक वर्ष २०७६(०७७ अन्तर्गत प्रदेश नम्बर ५ का १२ जिल्लामा सुरक्षित आवास कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रु. ६० लाख विनियोजन गरेको छ।
जोखिममा रहेका महिला तथा बालिकाहरूको उद्धार र सुरक्षित तवरले उनीहरूलाई राख्नका लागि सुरक्षित आवास कार्यक्रमको उद्देश्य रहेको बस्यालले जानकारी गराइन्।
बालिकालाई २६ वैशाखमा सोही ठाउँका १४ वर्षीय बालकले जबरजस्ती आफ्नो घरमा लगेर यौनाङ्गमा कोदालोको बिंड हालेपछि यौनी क्षतविक्षत भएको थियो।
गाउँलेले चन्दा उठाएर पहिलो चरणको उपचार गरेका थिए । तर, दोस्रो पटकको उपचारका लागि भएको आर्थिक अभाव बारेको समाचार प्रकाशित भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले उनको उपचारका लागि चासो राखेका थिए।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)