बाजुराको बुढिगंगा नगरपालिकामा एकैदिन १७ जना कोरोना संक्रमित भेटिएका छन्।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बुढिगंगा नगरपालिकाका १७ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएर एउटै क्वारेन्टिनमा बसिरहेको बुझिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
जसमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो। उनीहरु सबै भारतबाट फर्किएका थिए।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)