बाजुरामा एउटै क्वारेन्टिनमा भेटिए १७ जना कोरोना संक्रमित


बाजुराको बुढिगंगा नगरपालिकामा एकैदिन १७ जना कोरोना संक्रमित भेटिएका छन्।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बुढिगंगा नगरपालिकाका १७ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएर एउटै क्वारेन्टिनमा बसिरहेको बुझिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो।

जसमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो। उनीहरु सबै भारतबाट फर्किएका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img