‘चुप लागेर बसेका राष्ट्रपतिविरुद्ध बोल्नेहरु गणतन्त्र विरोधी हुन्’: प्रधानमन्त्री ओली

जेठ २८,काठमाडौं –

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले पछिल्लो समय स साना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यस किसिमका कार्यमा संलग्‍नहरु गणतन्त्र विरोधी भएको बताएका हुन्। ’राष्ट्रपतिको विरुद्ध लगातार,अनवरत, हरेक स-साना निहुँमा आक्रमणको तारो बनाइन्छ।

मैले त्यसलाई गणतन्त्रविरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठीक होइन भन्‍ने कुरालाई लैजाने रुपमा बुझेको छु,’ उनले भनेका छन्, ’के गर्नुपर्थ्यो त राष्ट्रपतिले? चुपलागेर बस्‍ने राष्ट्रपति चुप लागेर बस्या छ।

त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुप¥थ्यो?’ राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा उनले जोड दिए। राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै ओलीले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गरे।

’गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन्। कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको? जे मा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन’, उनले भने, ’दुबो काटेर चौरी चिटिक्क पारियो।

अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्‍ने? अनि राष्ट्रपतिले कोरोनाविरुद्ध नलड चौरी चिटिक्क र्पा भन्या हो र?’

ताजा समाचार

This will close in 10 seconds