लकडाउनमा दाना–पानी नपाएपछि हजार बढी पंक्षीको मृत्यु

अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका सेता परेवामध्ये हजार बढी सेता परेवाका दाना नभेटिएका कारण मृत्यु भएको छ । कोरोनाभाइरस लकडाउनका कारण मस्जिद लामो समयसम्म बन्द रह्यो जसका कारण यी पंक्षीले दाना पानी नपाएका कारण मृत्यु भएको हो ।

१२ औं शताब्दिमा यो मस्जिद निलो मस्जिदको नामले पनि चर्चित थियो किनभने यहाँका ढुङ्गा निला थिए ।

मस्जिदको हेरविचार गर्ने कायूम अंसारीले समाचार एजेन्सी एएफपीलाई मस्जिदमा कोही पनि आइरहेका थिएनन् तसर्थ परेवा दाना पानीको कमीका कारण मरिरहेका थिए ।

उनले भने, ‘हरेक दिन करिब ३० बढी डोव (सेतो परेवा) मरिरहेका थिए । हामीले यिनीहरुलाई यसै मस्जिद बाहिर गाडिदिन्थ्यौं ।’

उनका अनुहार अहिलेसम्म हजार बढी पंक्षी मरिसेका छन् ।

देशमा लकडाउनका कारण बन्द रहेका धार्मिक भवनमध्ये यो मस्जिद पनि एक हो । अफगानिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार बढी छ यद्यपि, वास्तवमा संक्रमितको संख्या योभन्दा निकै धेरै हुनसक्ने बताइएको छ ।

स्रोतः बीबीसी

ताजा समाचार