अर्काले सेवन गरेको चुरोटको धुवाँ स्वस्थ्यका लागि खतरनाक

चुरोट सेवन गर्नेहरुले आफ्नो स्वस्थ्यलाई मात्र खराब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत विषाक्त बनाइदिन्छन् । साथै उनीहरुले चुरोट सेवन गरेर जुन धुँवा निकाल्छन्, त्यसले दोस्रो व्यक्तिको स्वास्थ्यमा अरु बढी असर गर्छ । यसरी चुरोट सेवन नगर्नेहरु समेत अर्काको कारणले रोगको घेराबन्दीमा पर्छन् ।

चुरोट सेवन नगरेपनि

तपाईं चुरोट सेवन गर्नुहुन्न । त्यसैले ढुक्क हुनुहुन्छ कि, ‘मेरो फोक्सो ठीक छ ।’ तर, ढुक्क हुने स्थिति त्यसबेलासम्म रहँदैन, जबसम्म तपाईं चुरोट सेवन गर्नेहरुको आसपासमा बस्नुहुन्छ । तपाईंका पार्टनर, साथी, सहकर्मी, आफन्त वा बाटोमा भेटिएका कुनै व्यक्ति, मानौं उनीहरु चुरोट सेवन गरिरहेका छन् । उनीहरुले चुरोट तानेर जुन धँुँवा निकाल्छन्, त्यो अरु विषालु हुन्छ । र, यसले तपाईंको फोक्सोलाई नराम्ररी असर गर्छ ।

धेरैजसोले चुरोट सेवन गर्दैनन् । कतिपयलाई यसमा बानी परेको हुँदैन । कतिपय आफ्नो स्वस्थ्यको ख्याल राखेर चुरोट सेवन गर्दैनन् । यद्यपि आफुले नगरेपनि अर्को व्यक्तिले सेवन गरेको चुरोटले हाम्रो फोक्सोलाई दुषित र कमजोर बनाइदिन्छ ।

सेकेन्ड ह्यान्ड स्मोक

हामी जुन हावामा सास लिन्छौं, त्यहाँ शुद्ध हावा मात्र हुँदैन । परागदेखि लिएर रसायनसम्म हावामा मिसिएको हुन्छ । यी सबै हाम्रो फोक्सोमा पुग्छ । यसैगरी अर्काले चुरोट सेवन गरेर छाडेको धुँवा पनि सोही वायुमा मिसिन्छ, जो हामीले सास फेर्दा फोक्सोसम्म पुग्छ । यसरी हामीले चुरोट सेवन नगरेपनि अर्काको कारण हाम्रो फोक्सो दुषित बन्न पुग्छ ।

सेकेन्ड ह्यान्ड स्मोकले हृदय र रक्त संचार प्रणलीमा समेत अवरोध पु¥याउँछ ।

यसले हाम्रो हृदय प्रणालीलाई तुरुन्तै असर गर्छ । संयुक्त राज्य अमेरिकामा हरेक बर्ष मुटुको रोगबाट करिब ३४ हजार व्यक्तिको मृत्य हुने गरेको तथ्यांक छ, जसको कारण ‘सेकेन्ड ह्यान्ड स्मोक’ मानिएको छ ।

चुरोट सेवन नगर्ने व्यक्ति जो घर, कार्यलय वा वाटोमा सेकेन्ड ह्यान्ड स्मोकको सम्पर्कमा रहन्छन्, उनीहरुमा हृदयरोग हुने खतरा २५ देखि ३० प्रतिशतसम्म हुन्छ । त्यसैगरी सेकेन्ड ह्यान्ड स्मोकले स्ट्रोकको खतरा पनि बढाउँछ ।

त्यसो त चुरोट मात्र होइन, सेकेन्ड ह्यान्ड स्मोकको सम्पर्कमा हामी अन्य माध्यामबाट पनि पुग्ने गर्छौं । जस्तो कि, हाम्रो चुल्होमा निस्कने धुँवा । आगो, तेल आदिबाट यस्तो धुँवा निस्कन्छ । त्यसैगरी धुप, मैनबत्ति आदिबाट पनि यस्तो धुँवा निस्कन्छ । प्लाष्टिक जलाउँदा निस्कने धुँवा अरु हानिकारक हुन्छ ।

बच्चाको मृत्युको कारण

अक्सर अभिभावकहरु आफ्नो घरमा चुरोट सेवन गरिरहेका हुन्छन्, जहाँ उनीहरुका बालबच्चा छन् । विश्व स्वास्थ्य संगठनका अनुसार वैश्विक स्तरमा अनुमानित १ दशमलव ६५ लाख बच्चा अरुले सेवन गर्ने धुम्रपानको चपेटामा पुग्छन् । दोस्रो व्यक्तिले सेवन गरेको चुरोटको धुँवाको कारण बच्चाहरु पाँच वर्ष नपुग्दै श्वासनली संक्रमणको कारण मृत्युको मुखमा पुग्छन् । त्यसो त सानो उमेरमा चुरोटको धुँवाको सम्पर्कमा रहेका बच्चाहरु वयस्क हुँदासम्म रोगी हुन्छन् ।

विशेषज्ञहरुका अनुसार चुरोटको धुँवा आन्तरिक प्रदूषणको खतरनाक रुप हो । किनभने यसमा ७ हजार बढी रसायन हुन्छ, जसमा ६९ रसायन क्यान्सरको कारण बन्न सकछ । चुरोटको धुँवा पाँच घण्टासम्म हावामा रहन्छ ।

ताजा समाचार

This will close in 10 seconds