कञ्चनपुरमा हिजो पिसीआर नेगेटिभ भनेर घर पठाएकालाई पोजेटिभ भन्दैँ आज अस्पताल लगियो

मदन गिरी


महेन्द्रनगर २७ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित एक युवकलाई आज कोरोना पोजेटिभ आएको भन्दैँ आईशोलेसनमा भर्ना गरिएको छ ।
उनलाई सोमबार नगरपालिकाले पिसीआर नेगेटीभ आएको भन्दैँ घर पठाईएको थियो । संक्रमितलाई मंगरबार सेती अस्पतालको आईशोलेसनमा राखिएको हो ।
मोतीबस्ती का ३२ वर्षीय ती कोरोना संक्रमितका भाईले आफ्नो दाईलाई आज अस्पताल लगिएको बताए ।

‘हिजो नगरपालिकाले फोन गरेको तपाईको दाईको पिसिआर रिर्पोट नेगेटिभ आएको छ भनेर घर लैजान भन्यो’ उनले भने ‘आज फेरि तपाईको रिर्पोट पोजेटिभ रहेछ भन्दैँ एम्बुलेन्समा लिएर गए ।’ उनको रिर्पोट पोजेटिभ आएपछि टोलमा त्रास फैलिएको छ ।

साथै उनले पिसिआर पोजेटिभ रहेको भाई घरमा आएकाले संक्रमणको जोखिम बढेको भन्दैँ पुरै परिवारको कोरोना परिक्षण गरिदिन आग्रह गरे ।


त्यस्तै नगरपालिकाकी उप–प्रमुख शारदा विष्ट शर्माले हिजो प्राविधिक कारणबस गल्ती भएको बताईन् । ‘मिस्टेक कहाँबाट भयो, थाहा भएन् वडाबाटै उनको रिर्पोट नेगेटिभ आएको भन्दैँ घर पठाईको हो ।’ उप-प्रमुख विष्टले भनिन् ‘उनलाई घर पठाईए पनि सेल्फ क्वारेन्टाईनमा बस्न भनेका थियौँ, सोही अनुसार उहाँ बस्नु भएको रहेछ ।’

उनका अनुसार वडा नम्बर ६ को रिर्पोट वडा नम्बर १० मा परेपछि गल्ती भएको हो । साथै उनका परिवारको पनि कोरोना परिक्षण गरिने उनको भनाई छ ।

ताजा समाचार