भैंसी फार्ममा काम गर्ने पाँच जनाको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा भैंसी फार्ममा काम गर्ने पाँच जनाको गए राति सामुहिक हत्या भएको छ।

कृष्ण पुन मगरको फार्ममा काम गर्ने २३ झपेन्द्र सिंजालीले उनीहरुलाई कोदालो प्रहार गरी हत्या गरेका थिए। सुर्खेत निवासी उनी उक्त भैंसी फार्मकै कामदार हुन्।

घटनामा संलग्न झपेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेको कृष्णका आफन्त प्रदीप थापाले जानकारी गराए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ।

थापाका अनुसार, मृतक र झपेन्द्र सिंजाली एउटै हलमा सुतेका थिए।

बिहान मात्र घटनाबारे जानकारी भएको थियो। मृतक मध्ये ४ जना पुरुष र एक महिला छन्। मृतकको नाम र ठेगाना खुलेको छैन।

घटनास्थलमा प्रहरी पुगेको छ। उक्त फार्ममा ६० वटा भैंसी छन्।

ताजा समाचार

This will close in 10 seconds