शिक्षामन्त्रीलाई सांसद थापाको प्रश्न ‘राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?’

काठमाडौँ — शिक्षा मन्त्रालयको आगामी वर्षको बजेट र कार्यक्रमले शिक्षा क्षेत्रलाई र सांसदहरूलाई निराश बनाएको प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगनकुमार थापाले बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेट र कार्यक्रममाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद थापाले शिक्षा मन्त्रालयको बजेट र कार्यक्रमले संसदमा छलफलका लागि समय पाउने हैसियत नराख्ने बताएका हुन् ।
कोरोना भाइरसले ल्याएको अवसर स्वास्थ्य मन्त्रालयले निराश बनाएको अवस्थामा शिक्षा भन्त्रालयले झन् निराश बनाएको थापाको टिप्पणी थियो ।

मन्त्रालयको विनियोजन र कार्यक्रममाथि मन्त्री गिरिराजमणि पोखरेल नै असन्तुष्ट रहेको भन्दै थापाले भने, ’मन्त्री आफै गनगन गरेर हिँडिराख्नुभएको छ, अर्थमन्त्रीले मेरो कुरा सुनिदिनुभएन, भनेर । हामीले शिक्षामन्त्रीलाई भनेर के अर्थ ? उहाँ आफैं दुखी हुनुहुन्छ । आफैं पीडित हुनुहुन्छ ।’


थापाले शिक्षामन्त्रीलाई प्रश्न गरे, ’अर्थमन्त्रीले श्रेष्ठता देखाउनुभयो, हेप्नुभयो भन्दै गर्दा शिक्षामन्त्रीलाई के सोध्न मन लागेको छ भने ‘राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?’ साथै उनले बजेटले निशास बनाएको र ९० लाख विद्यार्थी विद्यालय गईरहेको मन्त्रालयलाई थाहा नभएको उनको आरोप समेत लगाए ।

ताजा समाचार

This will close in 10 seconds