कोरोना संक्रमणसँग जुध्न नेपाललाई बेलायतको १ करोड पाउण्ड सहयोग

काठमाडौं – कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको नेपाललाई बेलायतले १ करोड पाउण्ड स्ट्रलिङ सहयोग गरेको छ ।

बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो ।

डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर एक करोड पाउण्ड पु¥याएको हो।

हरेक वर्ष नियमित सहयोग गर्ने डिफिडले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासको भनाइ छ ।

अहिले घोषणा गरेको थप आर्थिक सहयोगका लागि डिफिडले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ ।

ताजा समाचार

This will close in 10 seconds