डडेल्धुरामा ट्रक दुर्घटनामा परि चालकको मृत्यु

डडेल्धुरा- डडेल्धुरा अन्तरगत के आई सिह राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा न १० राईमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ट्रकमा ४२ वर्षीय चालक जयदेव बिष्टको शव फेला परेको छ।

शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा ईन्ट्री गरि धनगढीबाट बाजुरा जिल्लाका लागि सिमेन्ट लैजादै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्रक सडकबाट करिव १०० मिटर तल पल्टिएको प्रहरीले जानकारी दिएको छ।

चालक पाटन नगरपालिका ८ खोडेपेका रहेका छन्। चालक आफै गाडि मालिक रहेको र उनले चन्द्रौटाबाट बाजुराको लागि सिमेन्ट लैजाने क्रममा दुर्घटना भएको हो।

आइतबार बिहान स्थानीयहरुले ट्रक पल्टिएको अवस्थामा देखेपछि मात्रै प्रहरीलाई जानकारी गराएका थिए। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ताजा समाचार