अस्ताए सुदूरका वरिष्ठ अधिवक्ता थानेश्वर

महेन्द्रनगर २५ जेठ ।
सुदूरपश्चिमका चर्चित वरिष्ठ अधिवक्ता थानेश्वर भट्टको ७० वर्षको उमेरमा निधन भएको छ ।

महेन्द्रनगरमा बसोवास रही कानुनी क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको वरिष्ठ अधिवक्ता भट्टको आफ्नै निवासमा निधन भएको बताईएको छ ।


आइतबार बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–४ जानकीटोलस्थित घरमैं योगा गरिरहेको अवस्थामा हृदयघातका कारण उनको मृत्यु भएको हो ।


हरेक दिन बिहान नियमित रुपमा यो गर्ने भट्ट साढे ८ बजेसम्म पनि योग गर्ने कोठाबाट ननिस्किएपछि परिवारका सदस्य योग गर्ने कोठाभित्र हेर्न जादा भट्ट ढलेको अवस्थामा भेटिएका थिए ।

तत्काल उनलाई उपचारका लागि महाकाली अस्पतालमा लगियो । जहाँ चिकित्सकले भट्टलाई मृत घोषणा ग¥यो । अस्पताल पु¥याउनु अघि नै भट्टको मृत्यु भएको बताईएको छ ।


५० वर्षभन्दा लामो अवधिसम्म उनी कानुनी व्यवसायमा क्रियाशील थिए । उनि कञ्चनपुरका एक चर्चित कानुन व्यवसायिका साथै कञ्चनपुर उद्योग वाणिज्य संघका संस्थापक र समाज सेविका रुपमा चिनिन्छन् ।

उनी सुदूरपश्चिमको मात्र नभएर काठमाण्डौं उपत्यका भन्दा बाहिरको पहिलो बरिष्ठ अधिवक्ता हुन् ।

मृतक भट्टका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

बरिष्ठ अधिवक्ता भट्टको निधनले सुदूरपश्चिममा कानुन व्यवसायीहरुले एउटा कुशल, निर्भिक र ईमान्दार अभिभावक गुमाएको कानुन व्यवसायिको ठहर छ ।

उनको निधनले यस क्षेत्रलाई अपुरणिय क्षती पुगेको भन्दै चौतर्फी रुपमा श्रद्धानञ्जली अपर्ण गरिरहेका छन् ।

ताजा समाचार

This will close in 10 seconds