महेन्द्रनगर । भीमदत्त नगरपालिका–१५ गोबरैयाको एक नालामा भकुण्डा बस्ने अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर मृत्यु भएको छ । तीन दिन पहिले गोबरैयामैं एक व्यक्तिको नहरमा डुबेको अवस्थामा शव फेला परेको थियो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरी नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा नालामा खस्दा डुबेर मृत्यु भएको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोसिस गरे पनि बचाउन नसकिएको स्थानीय भाष्कर केसीले बताए । चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
चौधरी अपाङगता भएका व्यक्तिसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन् । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक चौधरीका दुई छोरी र श्रीमती छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)