सुदूरपश्चिममा कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीय महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो ।
डायलासिसका लागि केही दिन अघि सेती प्रादेशिक अस्पताल पुगेकी ती महिलाको डायलासिसकै क्रममा शुक्रवार राती निधन भएको थियो ।
मृत्यु पश्चात् गरिएको स्बाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले पुष्टि गरे ।
उनका अनुसार लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित ती महिला केही दिन अगाडि काठमाडौँबाट डाइलासिसका लागि अस्पताल पुगेकी थिइन ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि बाजुरामा एक दुई वर्षीय बालिकाको मृत्यु भएको थियो ।
अस्पतालमा डायलासिस गर्दा गर्दै मृत्यु भएकी महिलामा कोरोना पुष्टि भए पछि अस्पतालको डायलासीस कक्ष सील गरिएको छ ।