बझाङमा ६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७ पुग्यो

बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै बझाङमा संक्रमितको संख्या ७ पुगेको छ।

शुक्रबार कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षिया महिला रहेका छन्।

उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडि धनगढीस्थित त्रिनगर भन्सारनाका भएर आएको र १ जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए।

संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए

ताजा समाचार