कञ्चनपुरमा खैरो हिरोइनसहित ४० वर्षीय पुरुष पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमण्डी बस्ने बर्ष ४० का जीवन भट्टलाई लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

दार्चुला महाकाली नगरपालिका–४ घर भई भीमदत्तनगर बस्दै आएका भट्टलाई प्रहरीले लागुऔषध खरिद बिक्री एवं ओसारपसारको अवस्थामा पक्राउ गरेको हो।

भट्टबाट १५ ग्राम ३५ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ।

ताजा समाचार

This will close in 10 seconds