तीन लाख घुससहित एक वडाध्यक्ष पक्राउ

तीन लाख घुस सहित एक जना वडा अध्यक्ष पक्राउ परेका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगरलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

उनलाई शनिबार विहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ। वडा अध्यक्ष पुनमगरमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

ताजा समाचार