भारतको आधा जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने विज्ञको अनुमान

नयाँदिल्ली- २०२० को अन्त्यसम्म भारतमा कोभिड १९ का कारण देशकै ५० प्रतिशत जनसंख्यालाई संक्रमण हुनसक्ने विज्ञको आंकलन छ ।

अर्थात् ६९ करोडलाई संक्रमण हुनसक्ने आंकलन गरिएको हो । नेश्नल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेसका प्रमुख डा. भी रविले यस वर्षको डिसेम्बरसम्म हालको जनसंख्याको आधा जनसंख्यालाई संक्रमणले छुनसक्ने आंकलन गरेका हुन् ।

भारतको जनसंख्या हाल १ अर्ब ३८ करोड छ । चौँथो चरणको लकडाउन सकिएपछि डा. रविले यस्तो प्रक्षेपण गरेका हुन् । मे महिनाको अन्त्यसँगै भारतमा चौँथो चरणको लकडाउन सकिएको थियो ।

संक्रमितको संख्या जुनदेखि झन् आकाशिने पनि उनको दावी छ । र डिसेम्बरसम्म पुग्दा देशकै आधा जनसंख्या संक्रमित हुने उनले बताएका हुन् । साथै उनले स्वास्थ्य सावधानीका लागि सचेत पनि गराएका छन् । महामारी सम्बन्धी विज्ञहरुले भारतमा कोरोना परीक्षणका ल्याबको संख्या पनि बढाउनुपर्ने सरकारलाई सुझाव दिएका छन् ।

डा. रविले पनि हरेक जिल्लामा ल्याबको संख्या तिव्र रुपमा बढाउनुपर्ने सुझाव दिएका छन् । भारतमा कोभिड १९ बाट २ लाख २७ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ६ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

ताजा समाचार

This will close in 10 seconds