‘१८ वर्ष पुगेकालाई सैन्य तालिम’ प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता

‘१८ वर्ष पुगेकालाई सैन्य तालिम’ र ’राष्ट्रिय जनावर एक सिंगे गैंडा८ हुनुपर्ने’ प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता
१८ वर्ष पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम दिने संवैधानिक व्यवस्था हुनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा आज संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । प्रस्तावमा संविधानको धारा ३५ को उपधारा (१) मा थप गरी “नेपालीलाई स्वस्थ बनाउन अठार बर्ष उमेर पुगेका युवालाई अनिवार्य सैनिक तालिम दिइनेछ” भनेर उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रिय जनावर पनि “गाई” को सट्टा “एक सिंङ्गे गैंडा“ राख्नुपर्ने प्रस्ताव पनि नेमकिपाले संविधान संशोधन विधेयकमा राखेको छ ।
नेमकिपाका सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा आज संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

संविधानको धारा ३५ को उपधारा (१) मा थप गरी “नेपा गैंडा” हुनुपर्ने संशोधन प्रस्ताव छ । संविधानको धारा ९ को उपधारा (३) मा रहेको “गाई” भन्ने शब्दको सट्टा “एक सिंङ्गे गैंडा” भन्ने शब्दहरु राखिएका छन् ।

संविधानको धारा ११ लाई पनि संशोधन गरी सो धाराको उपधारा (२) को खण्ड (ख) मा रहेका “बाबु वा आमा नेपालको नागरिक” भन्ने शब्दहरूको सट्टा “बाबु र आमा नेपालको वंशजको नागरिक” भन्ने शब्दहरू राखिएका छन् ।

संविधानको धारा ६२ को उपधारा (१) मा नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित एक कार्यकारी राष्ट्रपति हुनेछ” भन्ने प्रस्ताव गरिएको छ ।

संविधानको धारा २८९ को उपधारा (१) मा रहेका “सुरक्षा निकायका प्रमुख” भन्ने शब्दहरूपछि “प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संघका मन्त्री र सदस्यहरु, प्रदेशका मन्त्रीहरु र सदस्यहरु, सबै तहका अदालतका न्यायाधीशहरु, राजदूतहरु, संवैधानिक अंगका पदाधिकारीहरु, स्थानीय निकायका पदाधिकारी र सदस्यहरु, सरकारी सेवाका कर्मचारीहरु, वित्तीय संस्थाका पदाधिकारी, प्रमुख कार्यकारी र कर्मचारीहरु, सरकारी र गैरसरकारी संस्थाको सदस्य पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको नेपाली नागरिक हुनुपर्नेछ” भन्ने प्रस्ताव राखिएको छ ।

ताजा समाचार