सेती अस्पतालबाट ६ जना कोरोना संक्रमित निको भएर घर फर्के

महेन्द्रनगर २३ जेठ । सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

उनीहरुले कोरोनालाई नजितेपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चनर्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको उनले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० बर्षीय र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो।

चिकित्सकको आवश्यक निर्देशन सहित डिस्चार्ज गरिएको हो। अव सेती प्रादेशिक अस्पतालमा २० जना संक्रमितको उपचार भईरहेको छ।

ताजा समाचार

This will close in 10 seconds