सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको सङख्या ७८ पुग्यो

महेन्द्रनगर २१ जेठ ।
सुदूरपश्चिममा बुधबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालाले थप पाँच जनामा कोरोना पुष्टि भएको जनाएको छ । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७८ पुगेको छ ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

ताजा समाचार

This will close in 10 seconds