सेतीले फर्काएका कैलालीका ७ कोरोना संक्रमीतलाई महाकाली अस्पताल ल्याईयो

मदन गिरी


महेन्द्रनगर २१ जेठ । सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका ७ जना कोरोना संक्रमितलाई कञ्चनपुरको महाकाली अस्पताल ल्याइएको छ ।

महाकाली अस्पताल विकास समितीका अध्यक्ष कृष्णदत्त जोशीले कैलालीका सात जना कोरोना संक्रमीतलाई महाकाली अस्पतालमा भर्ना गरिएको बताए ।
उनका अनुसार सेती प्रदेशिक अस्पतालमा ओईसोलेसनको अभाव भएपछि महाकालीमा ल्याईएको हो ।

कैलालीको गौरीगंगा नगरपालिकाको क्वारेन्टाईनमा रहेका सात जनालाई महाकाली अस्पतालको आईसोलेन कक्षमा राखिएको छ । योसँगै महाकालीमा कोरोना संक्रमीतको संख्या १५ पुगेको छ ।


कैलालीको गौरीगंगा नगरपालिकामा मंगलवार संक्रमण देखिएका ७ जना संक्रमितमध्ये एक जनालाई सेती प्रादेशिक अस्पताल र अन्य ६ जनालाईलाई गौरीगंगा नगरपालिका–४ स्थित निर्माणाधीन प्रसूति सेवा गृहको भवनमा राखिएकोे थियो ।


गौरीगंगा नगरपालिकाकी उप–प्रमुख अञ्चला चौधरीले सेती अस्पतालमा आईसोलेसन अभाव भएपछि महाकालीमा पठाईएको बताइन । ‘कोरोना संक्रमणका लक्षण देखिए पछि अस्पतालले भर्ना नगरे पछि व्यवस्थापनमा समस्या आएको थियो, अहिले ६ जना संक्रमितलाई महाकाली अस्पताल महेन्द्रनगर पठाएका छौँ ’ उनले भनिन् ।

अस्पतालसंग समन्वयनै नगरी मंगलवार राती एम्बुलेन्समा सेती प्रादेशिक अस्पालप पु¥याएका गौरीगंगा नगरपालिका–२ मालिका माध्यमिक विद्यालय र वडा–४ को कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा भेटिएका ७ संक्रमितलाई भर्नै नगरी फर्काइएको थियो ।


सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा क्षमताभन्दा बढी बिरामी रहेको जनाएको छ । सेतीमा हाल २४ बेड क्षमताको आइसोलेसनमा अहिले २५ बिरामी छन् ।

ताजा समाचार