खाद्य सुरक्षाको अवस्थाबारे सीमा क्षेत्रका बस्ती र क्वारेन्टाईन अनुगमन

महेन्द्रनगर २१ जेठ ।


नोबेल कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण खाद्य सुरक्षामा परेको असरबारे सीमा क्षेत्रका बस्तीमा अनुगमन गरिएको छ ।
खाद्य अधिकारको क्षेत्रमा काम गर्ने संस्था फियान नेपाल, खाद्य अधिकार सञ्जाल कञ्चनपुर र पत्रकारको संयुत्त टोलीले सीमा क्षेत्रका बस्ती र क्वारेन्टाईनको अवस्थाबारे मंगलबार अनुगमन गरेको हो ।


कोरोना भाइरसको सन्त्रासले लामो समयदेखि जारी रहेको लकडाउनले सीमा क्षेत्रका वस्ती र क्वारेन्टाईनको अवस्थाबारे बुझ्न अनुगमन गरिएको फियान नेपालका कार्यक्रम अधिकृत प्रकाश नेगीले बताए ।


उनका अनुसार संयुत्त टोली कृष्णपुर नगरपालिकास्थित क्वारेन्टाईन र पुनर्वासको सीमा क्षेत्रका बस्ती र क्वारेन्टाईनमा अनुगमन गरिएको बताए ।
विशेष गरि पुनर्वास नगरपालिकास्थि भारतीय दुधुवा राष्ट्रिय निकुञ्जसँग सीमा जोडीएको बस्ती बिचफाँटा र नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनको अवस्थाबारे जानकारी लिईएको उनको भनाई छ ।


दुधुवा राष्ट्रिय निकुञ्जसँग सीमा जोडीएको पुर्ववास नगरपालिका ७,८,९ र ११ नम्बर वडाका बस्तीमा फियानले लामो समयदेखि खाद्य अधिकारका विषयमा पैरवी गदैँ आएको छ ।

भने उक्त क्षेत्रमा वन्यजन्तु पिडीत समुहका संयोजक केशब प्रशाद तिमल्सीनाले पुनर्वासको सीमा क्षेत्र र क्वारेन्टाईनबारे जानकारी गराएका थिए ।


पुनर्वास नगरपालिका ८ का वडाध्यक्षले क्यारेन्टाईनलाई व्यवस्थीत गरि सञ्चालन भईरहेको बताए ।

उनका अनुसार नगरपालिकाले आफैले खानाकुराको व्यवस्थापन गरि क्वारेन्टाईन सञ्चालन गरिरहेको छ ।


अनुगमनका क्रममा स्थानीयले कृषी मलको व्यवस्थापनलाई जोड दिनु पर्ने बताए छन् ।

स्थानीयका अनुसार बालि लगाउने समयमा कृषी मलको अभाव भएकाले यसको आपुर्तीका लागि सरोकारवालाकालाई आग्रह गरेका छन् ।

त्यस्तै खाद्य अधिकार सञ्जाल कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले दक्षिणी क्षेत्रका क्वारेन्टाईन व्यवस्थीत पाईएको बताए ।

उनले राहत वितरण कार्यलाई कामसँग जोडेर वैज्ञानीक तवरले सञ्चालन गर्नु पर्ने बताए । साथै कृष्णपुर र पुनर्वासका क्वारेन्टाईनको खाद्य सुरक्षाको अवस्था राम्रो रहेको उनको बुझाई छ ।

ताजा समाचार

This will close in 10 seconds