डडेल्धुरामा भारतबाट फर्किएकी ३० वर्षीय महिलाको क्वारेन्टिनमै मृत्यु

डडेल्धुरा २१ जेठ । डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी महिलाको ज्यान गएको छ ।

गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको ज्यान गएको हो ।

गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले जेठ १८ गते कैलालीको त्रिनगर नाका भएर फर्किएकी महिलाको गएराती मृत्यु भएको बताईन् ।

राति श्रीमानसँगै शौचालय गएकी उनी एक्कासी बेहोस भएपछि मृत्यु भएको बुझिएको उपाध्यक्ष ठगुन्नाले बताईन्।

उनको आरडिटी र पीसीआर परीक्षण गरिएको छैन्।

ताजा समाचार