कञ्चनपुर प्रवेश गर्नेलाई अब होम क्वारेन्टाईन

महेन्द्रनगर २० जेठ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारत लगायत अन्य ठाँउबाट कञ्चनपुर प्रवेश गर्नेले होम क्वारेन्टाईनमा बस्न पाउने जनाएको छ ।
सोमबार एक सुचना जारी गदैँ जिल्ला प्रशासनका कार्यालय कञ्चनपुरले आवश्यक सतकर्ता अपनाएर होम क्वारेन्टाईन मै बस्न जिल्लावासिलाई आग्रह गरेको छ ।

प्रशासनले जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाईनमा चाप बढेपछि होम क्वारेन्टाईनमा बस्न सुझाएको हो ।


सरकारको निर्णय अनुरुप सोमवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि जिल्लाभर जेठ ३२ गते सम्मका लागी लकडाउन बढाएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका निम्ति उक्त निर्णय गरीएको हो ।

‘लकडाउन अवधिमा जिल्लामा कृषि तथा पशुपन्छीका लागि अत्यावश्यक औषधिलगायत सेवा प्रवाह गर्ने एग्रोभेटहरु बिहान ११ बजेदेखि २ बजे (३ घण्टा) सम्म सञ्चालन गर्न पाइनेछ ।’

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ‘ बैंक तथा वित्तीय संस्थाहरु कोभिड–१९ रोगको संक्रमण नबढ्ने गरी उच्च स्वास्थ्य सतर्कता अपनाएर न्यूनतम कर्मचारीहरु उपस्थित भएर भीडभाड नहुने गरी सञ्चालन गर्न सकिनेछ ।’

ताजा समाचार