महाकाली अस्पतालले थाल्यो, पहिलो कोरोना संक्रमीतको उपचार

महेन्द्रनगर १९ जेठ ।


कञ्चनपुरको महाकाली अस्पतालले नोबेल कोरोना भाईरसको संक्रमीतको उपचार सुरु गरेको छ ।


सोमबार पिसिआर परिक्षणका क्रममा संक्रमण पुष्टी भएको ११ महिने बालकको अस्पतालले उपचार थालेको हो ।


अस्पताल विकास समितीका अध्यक्ष कृष्णदत्त(बोक्सर)जोशीले महाकालीमा कोरोनाका उपचार सुरु गरिएको बताए ।

उनका अनुसार अस्पतालले शुक्लाफाँटा नगरपालिकाका ११ महिने बालकको उपचार सुरु गरिएको हो ।

अस्पतालले पहिलो कोरोना संक्रमीतको उपचार थालेको हो । यसअघि कोरोना पोजेटिभ देखिएका कञ्चनपुरमा एक पुरुषको उपचार सेती प्रदेशिक अस्पतालमा गरिएको थियो ।

कोरोना उपचारका लागि अस्पतालले २० शैयाको आईशोलशन वार्ड तयार पारेको उनको भनाई छ ।

साथै अस्पताल कोरोना उपचारका लागि २१ जनाको टोलि तयार पारेको छ । उनिहरुले तिन वटा सिफ्टमा बिरामीको उपचार गर्ने अध्यक्ष जोशीको भनाई छ । साथै आवश्यक उपचारका लागि सबै तयारी रहेको उनको दावि छ ।


अस्पतालले हाललाई २० वेडको आईशोलेशन वार्ड तयार पारेको छ भने ५० शैयाको कोरोना अस्पताल पनि अन्तिम चरणमा छ ।

सोमबार सेती प्रादेशिक अस्पतालले सार्वजनीक गरेको पिसिआर रिर्पोट अजुसार ११ वर्षीय बालिकममा कोरोना संक्रमणको पुष्टी भएको हो ।

त्यस्तै अस्पतालले ११ जना आडिटी पोजेटिभ देखिएको बिरामीको उपचार गरिरहेको छ । उनिहरुको पिसिआर परिक्षणका लागि स्वाब संकला गरि सेती प्रदेशिक अस्पताललाई पठाईएको छ ।

ताजा समाचार