१९ जेठ, काठमाडौं । अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड(१९) का ९२ प्रतिशत संक्रमित निको भएका छन् । अष्ट्रेलियामा समग्र संक्रमितको संख्या सात हजार दुई सयको हाराहारीमा छ । तर, अहिले अस्पतालमा भर्ना भएका निको हुन बाँकी बिरामीको संख्या २१ छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अष्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन पनि केही खुकुलो बनाइएको छ । सोमबारदेखि अष्ट्रेलियामा चिडियाखाना, संग्रहालयहरु पनि खुलेका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
अष्ट्रेलियाको धेरै मानिसको बसोवास रहेको न्यु साउथ वेल्समा क्याफे, रेष्टुरेन्ट, ब्युटी पार्लरहरु खोल्नका लागि पनि अनुमति दिइएको छ । साथै बढीमा ५० जना भेला हुन अनुमति दिइएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
छुट्टीमा घुम्न जान पनि अनुमति दिइएको छ । यद्यपि सकेसम्म भौतिक दुरी पालना गर्न सुझाइएको छ । अहिलेसम्म कोरोना भाइरसबाट अष्ट्रेलियामा १०३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस नियन्त्रणको लागि सफल मानिएको अर्को मुलुक न्युजिल्याण्डमा केवल एकजना संक्रमित मात्र निको हुन बाँकी छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)