कञ्चनपुरमा एक जनालाई कोरोना संक्रमण भएको पुष्टी

महेन्द्रनगर १९ जेठ ।
कैलाली जिल्लामा आज मात्रै थप १४ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशाला मार्फत गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

नयाँ संक्रतिमको स्थानीय तह भने अहिले खुलाईएको छैन्। ११ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसंगै जिल्लामा संक्रमितको सङख्या २७ पुगेको छ।

कैलालीमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए।

त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला र कैलाली लम्कीका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। जेठ नौँ गते कैलालीको जानकी गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको थियो।

जेठ १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

जेठ १५ गते कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। यस्तै हिजो मात्रै कैलालीको जानकी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उप–महानगरपालिकाका एकरएक जनामा कोरोना पुष्टि भएको थियो। कैलालीमा सुरुवातका ४ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन्।

यस्तै आज नै अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक/एक पुरुषमा पनि पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। तर उनिहरु कुन स्थानीय तहका हुन भन्ने कुरा खुल्न सकेको छैन ।

ताजा समाचार

This will close in 10 seconds