डडेल्धुराका पहिलो कोरोना संक्रमितले कोरोना जितेका छन् । उनको दोस्रो र तेस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको डडेल्धुरा अस्पतालका मेसु डा.जगदिस चन्द्र बिष्टले जानकारी दिए।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
उनको स्वाबको नमुना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ आएको हो। उनी सुरूदेखि नै समान्य अवस्थामा थिए । जेठ ६ गते स्कृवटाइफसको उपचार गरेर अस्पतालबाट आएका थिए। त्यसैदिन कोरोना जाँचका लागि उनको स्वाब लिइएको थियो।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
करिब १० दिनको अस्पतालको बसाइ पछि उनी डिस्चार्ज हुँदैछन्। अहिले डडेल्धुरा अस्पतालको आइसोलेसनमा एक महिला र १ छन्। अस्पतालकै २ जना कर्मचारीमा र्यापिड परीक्षणको रिपोर्ट पोजिटिभ देखाएपछि आइसोलेसन वार्डमा राखिएको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
२ जनामध्ये १ जनाको रिपोर्ट नेगेटिभ आएको र अर्का बाँकी १ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)