दाङ – बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ। ५ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताए। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)