सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त क्लब मनकामनाको २०औं साधारणसभा सम्पन्न ,अध्यक्षमा पुन थापा

२० औं साधारणसभा तथा अधिवेशन भब्यताका साथ सम्पन्न ,अध्यक्षमा पुन तीन वर्षका लागि डबल बहादुर थापा चयन


कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रमा एक पछि अर्को सफलता हात पार्न सफल मनकामना युवा क्लबले आफ्नो साधारणसभा तथा अधिवेशन एक कार्यक्रमका बिच भब्यताका साथ धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप बहादुर वडको प्रमुख अतिथिमा सम्पन्न भएको छ।मनकामना युवा क्लब धनगढी -१२ जुगेडामा धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप बहादुर वडको प्रमुख अतिथिमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो। अधिवेशन बाट पुन तीन वर्ष कार्यकालका लागि अध्यक्षमा कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष समेत रहनु भएका डबल बहादुर थापालाई सर्वसम्मत चयन गरिएको छ।साधारणसभा तथा अधिवेशन कार्यक्रमका सभापति डबल बहादुर थापा, प्रमुख अतिथि धनगढी उपमहानगरपालिका नगर प्रमुख निर्प बहादुर वड रहनु भएको थियो। विशिष्ट अतिथीमा धनगढी उपमहानगरपालिका वडा न.१२ का वडाध्यक्ष गणेश प्रशाद जोशी,अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य प्रकाश सिंह बिष्ट , सुदूरपश्चिम प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष राघबेन्द्र कार्की ,कैलाली फुटबल संघका अध्यक्ष मोहित कुमार शाह र आरती कुमारी आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो।साधारणसभा बाट ७ जना क्लबका पुर्ब अध्यक्ष वीर ब. तमाङ, नारायण दत्त भट्ट ,राजकुमार खत्री , राजकुमार सुनार ,हेमकृष्ण रन्जितकार , रमेश न्यौपाने, रामदत्त भट्ट लाई सम्मान गरिएको छ। यो संगै क्लबको आय ब्यय प्रस्तुत कृष्णराज पान्डेय कोषाध्यक्ष्यले प्रस्तुत गरेका र
प्रगती विवरण प्रस्तुत क्लबका सचिब केशबराज उपाध्यायले गर्नु भएको थियो। क्लबको नया कार्यसमिती यस्तो रहेको छ।
१. डबल बहादुर थापा – अध्यक्ष
२.कृष्णराज पान्डेय- उपाध्यक्ष्
३.आरती कुमारी आचार्या -सचिब
४. सौरब गौतम -सहसचिब
५. करिश्मा बराइली – कोषाध्य्क्ष्य
६. पुरन थापा – सह कोषाध्यक्ष
७. सदस्य – सरोज धमला
८ सदस्य- जीवन रेग्मी
९. सदस्य -महेश थापा
१०. सदस्य – मान ब. कामी
११.सदस्य – नरेश थापा
१२. बालकृष्ण अवस्थी
१३. ओमप्रकाश भट्ट


ताजा समाचार

spot_img