पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा भीमदत्तको चौथो झट्का,दोधारा चादँनिको राम्रो बोलिङ


कञ्चनपुर,

कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको फाइनल खेलमा टस जित्दै भीमदत्त नगरपालिकाले ब्याटिङ रोजेको छ। र भीमदत्त नगरपालिकाको तेस्रो विकेट लिन सफल भएको छ दोधारा चादँनी नगरपालिकाले यो संगै राम्रो बोलिङको सुरुवातमा प्रेम साउँदले २ विकेट लिन सफल भएका छन् । भीमदत्त नगरपालिकाको ५ ओभरमा १८ रनमा खेल्दै छ। भने वर्षाले गर्दा खेल अहिले स्थगित भएको छ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता सुरु भएको थियो भने आज बुधबार उपाधिका लागि भीमदत्त नगरपालिका र दोधारा चादँनी भिड्नेछन् ।

पहिलो सेमिफाइनल खेलमा भीमदत्तले बेदकोट नगरपालिका लाई ६ विकेटले र दोधारा चादँनि नगरपालिले शुक्लाफाँटा नगरपालिका लाई २१ रनले हराउदै आफ्नो फाइनलको यात्रा पक्का गरेको थियो।
प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।


ताजा समाचार

spot_img