कञ्चनपुर,

कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको फाइनल खेलमा टस जित्दै भीमदत्त नगरपालिकाले ब्याटिङ रोजेको छ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता सुरु भएको थियो भने आज बुधबार उपाधिका लागि भीमदत्त नगरपालिका र दोधारा चादँनी भिड्नेछन् । भने भीमदत्त नगरपालिका लाई पहिलो ओभरमा नै झट्का लागेको छ जसमा सुशील खड्का प्रेम साउँदले बोल्ड आउट गरेका छन् ।

- पहिलो सेमिफाइनल खेलमा भीमदत्तले बेदकोट नगरपालिका लाई ६ विकेटले र दोधारा चादँनि नगरपालिले शुक्लाफाँटा नगरपालिका लाई २१ रनले हराउदै आफ्नो फाइनलको यात्रा पक्का गरेको थियो।

प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।






