कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको सेमिफाइनल खेलमा भीमदत्तले बेदकोट लाई र दोधारा चादँनी नगरपालिकाले शुक्लाफाँटा लाई हराउदै फाइनल प्रवेश गरेका छन् ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता सुरु भएको थियो भने छैटौं दिनको पहिलो सेमिफाइनल खेलमा भीमदत्तले बेदकोट नगरपालिका लाई ६ विकेटले र दोधारा चादँनि नगरपालिले शुक्लाफाँटा नगरपालिका लाई २१ रनले हराउदै फाइनलको यात्रा पक्का गरेको हो।

छैटौं दिनको सेमिफाइनलको पहिलो खेलमा पहिलो ब्याटिङ गर्दै बेदकोटले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको थियो। जसमा बेदकोट टिमको लागि प्रकाश सिंहले २८ बलमा २ चौकाको मदतले २३ रन बनाउदै नट आउट पारी खेलेका थिए । अर्को ब्याट्सम्यान सागर रावलले ४१ बलमा ३ चौका ४ हान्दै १८ रनको पारी खेलेका थिए। भीमदत्तको तर्फबाट क्याप्टेन सन्तोष भट्टले ४ ओभर १२ रन दिदै १ विकेट ,हेमन्त धामी ४ ओभर १५ रन १ विकेट , प्रकाश बिष्टले ४ ओभरमा २५ रन १ विकेट र बिकास आग्रीले ४ ओभरमा १६ रन दिदै १ विकेट हात पारेका हुन।
यसरी १ सय ३ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको भीमदत्त १०.१ ओभर ४ विकेट गुमाउँदै लक्ष्य हासिल गरेको हो। भीमदत्तका ब्याट्सम्यान सन्तोष भट्टले बलमा ३० बलमा ८ चौका २ छक्काको मदतले ५९ रन आक्रमक पारी खेल्दै टिमलाई जित दिलाउदै फाइनलको यात्रा पक्का गरेको हो।बेदकोटको तर्फबाट प्रकाश सिंहले ४ ओभरमा ४२ रन दिदै ३ विकेट, बिबेक बोहराले ३.१ ओभर २७ रन दिदै १ विकेट हात पारेका थिए। उक्त खेलको म्यान अफ द म्याच भीमदत्त नगरपालिका टिमका टिम क्याप्टेन सन्तोष भट्ट घोषित भए।
छैटौं दिनको दोस्रो सेमिफाइनल खेलमा दोधारा चादँनि नगरपालिकाले पहिलो ब्याटिङको गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा टिमको स्कोर ९६ रन बनाएको थियो। दोधारा चादँनी टिमको लागि बिकास सुनारले ३२ बलमा ४ चौकाको मदतले ३२ रन,प्रकाश साउँदले ३१ बलमा २ चौका हान्दै २५ रन बनाएका थिए। शुक्लाफाँटा टिमको लागि धिरेन्द्रभण्डारिले ४ ओभरमा २४ रन दिदै ३ विकेट , सुशील राल र सुबेश राल ४ ओभर गर्दै समान दुई-दिई विकेट हात पारेका छन् ।
यसरी ९७ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको शुक्लाफाँटा नगरपालिका १२.४ ओभरमा अल आउट हुँदै ७५ रनमा रमेटिदै हार बेहरेको छ। शुक्लाफाँटा टिमका लागि ब्याट्सम्यान सुरज तिरुवाले २० बलमा २ चौकाको मदतले २१ रन,विशाल बोहराले ११ बलमा १ चौकाको मदतले १४ रन बनाए पनि टिमको लागि भने जित दिलाउन सकेनन् । दोधारा चादँनी नगरपालिका टिमको तर्फबाट महेश बिष्टले ४ ओभरमा २३ रन दिदै ४ विकेट , गणेश बिजालुले ३ ओभर १६ रन ४ विकेट लिदै आफ्नो टिमको लागि जित दिलाएका हुन।उक्त खेलको म्यान अफ द म्याच दोधारा चादँनि नगरपालिका टिमका महेश बिष्ट घोषित भए। 
प्रतियोगिताको फाइनलमा भीमदत्त र दोधारा चादँनी नगरपालिका प्रवेश गरेका छन । प्रतियोगिताको फाइनल खेल भोलि भीमदत्त नगरपालिका र दोधारा चादँनी बिच बिहान ९:३० बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ।
फाइनल खेल भोलि फागुन २६ गते हुने छन् । प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।






