पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको पाचौं दिनको खेलमा भीमदत्त र बेदकोट बिजय

दोस्रो पालिका स्तरीय क्रीकेट प्रतियोगिताको सेमिफाइनलमा भीमदत्त ,बेदकोट,शुक्लाफाँटा र दोधारा चादँनी नगरपालिका प्रवेश 


कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको पाचौं दिनका खेलमा भीमदत्त र बेदकोट नगरपालिकाका बिजय भएका छन् ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता सुरु भएको थियो भने पाचौं दिनको खेलमा भीमदत्तले बेलडाँडि लाई १ सय २६ रनले र बेदकोट नगरपालिले दोधारा चादँनी नगरपालिका लाई ५ विकेटले हराउदै आफ्नो तेस्रो र दोस्रो जित हात पारेको छ।

पाँचौ दिनको पहिलो खेलमा पहिलो ब्याटिङ गर्दै भीमदत्तले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रनको योगफल तयार पारेको थियो। जसमा भीमदत्त टिमको लागि मिलन बोहराले ४३ बलमा७ चौका ४ छक्काको मदतले ८० रन बनाउदै नट आउट पारी खेलेका हुन । अर्को ब्याट्सम्यान किरण ठगुन्नाले ४५ बलमा ३ चौका ४ छक्कका हान्दै ७१ रनको पारी खेलेका थिए। बेलडाँडीको तर्फबाट क्याप्टेन बिपिन धामी ४ ओभर १४ रन २ विकेट ,किरन ठगुन्नाले २ ओभर १७ रन २ विकेट , भोज राज कलौनीले ४ ओभरमा ३७ रन २ विकेट हात पारेका हुन।

यसरी १ सय ८४ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको बेलडाँडी १६ ओभरमा अल आउट हुँदै आफ्नो तेस्रो खेल पनि गुमाएको छ। बेलडाँडी गाउँपालिका टिमका लागि बेलडाँडीका आसलाग्दा ब्याट्सम्यान चन्द्र बडवालले बलमा २५ बलमा ३ चौकाको मदतले १९ रन हानेका थिए भने अरु ब्याट्सम्यान नचल्दा नचल्दा बेलडाँडी गाउँपालिकाले आफ्नो तेस्रो खेलमा हार बेहर्दै यात्रामा पुर्ण बिराम लगाएको छ। भीमदत्तको तर्फबाट हेमन्त कार्कीले ४ ओभरमा १८ रन दिदै ५ विकेट,सुरज ठगुन्नाले ४ ओभर ४ रन दिदै २ विकेट, हेमन्त धामी,प्रकाश विष्ट ,मिलन बोहराले समान एक-एक विकेट हात पारेका छन् । उक्त खेलको म्यान अफ द म्याच भीमदत्त नगरपालिका टिमका मिलन बोहरा घोषित भए।

पाचौं दिनको दोस्रो खेलमा दोधारा चादँनि नगरपालिकाले पहिलो ब्याटिङको गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा टिमको स्कोर १ सय १५ रन बनाएको थियो। दोधारा चादँनी टिमको लागि अनिल थापाले ४० बलमा ५ चौकाको मदतले ३७ रन,करन केसिले १४ बलमा २ चौका हान्दै १३ रन बनाएका थिए। बेदकोट टिमको लागि बिबेक बोहराले ४ ओभरमा १७ रन दिदै ५ विकेट ,प्रकाश सिंहले ४ ओभर २४ रन २ विकेट ,रोसन भाटले ४ ओभर २१ रन १ विकेट हात पर्न सफल भए।

यसरी १ सय १६ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको बेदकोट नगरपालिका १९ ओभरमा ५ विकेटको क्षतिमा आफ्नो दोस्रो जित हात पारेको छ। बेदकोट टिमका लागि ब्याट्सम्यान बिबेक बोहराले ३३ बलमा ५ चौकाको मदतले ३३ रन,किसन बिष्टले १५ बलमा ३ चौकाको मदतले २० बनाएका हुन।दोधारा चादँनी नगरपालिका टिमको तर्फबाट अनिल थापाले ४ ओभरमा १२ रन दिदै २ विकेट ,गणेश बिजालुले ४ ओभर १९ रन २ विकेट र विवेक सुनारले ३ ओभरमा १९ रन दिदै १ विकेट लिएका थिए। उक्त खेलको म्यान अफ द म्याच वेदकोट नगरपालिका टिमका बिबेक बोहरा घोषित भए।
प्रतियोगिताको सेमिफाइनलमा भीमदत्त ,बेदकोट,दोधारा चादँनी र शुक्लाफाँ नगरपालिका पुगेका छन् । लिगबाट बेलडाँडी गाउँपालिका,कृष्णपुर र बेलौरी नगरपालिका बाहिरिएका छन् ।

प्रतियोगिताको छैठो दिनमा सेमिफाइनलका दुई खेल हुने र छैठो दिनको पहिलो खेल भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका बिच बिहान ९:३० बजे हुने छ। भने सो दिनको दोस्रो सेमिफाइनल खेल दोधारा चादँनी नगरपालिका र शुक्लाफाँटा नगरपालिका बिच दिउँसो १ बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ। दुबै खेलमा विजेता हुने टिमले दोस्रो पालिका स्तरीय कञ्चनपुर कप टि-२० क्रीकेट प्रतियोगिताको फाइनलको यात्रा पक्का गर्ने छन् ।

फाइनल खेल फागुन २६ गते हुने छन् । प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।


ताजा समाचार

spot_img