पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा शुक्लाफाटा र कृष्णपुर बिजय


कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको चौथो दिनका खेलमा शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका बिजय भएका छन् ।

कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता सुरु भएको थियो भने चौथो दिनको खेलमा शुक्लाफाँटाले बेलडाँडि लाई १० विकेट र कृष्णपुर नगरपालिकाले बेदकोट नगरपालिका लाई ३७ रनले ले हराउदै आफ्नो दोस्रो र पहिलो जित हात पारेको छ।

चौथो दिनको पहिलो खेलमा पहिलो ब्याटिङ बेलडाँडी गाउँपालिकाले निर्धारित १२.४ ओभरमा अल आउट हुदै ६१ रनको योगफल तयार पारेको थियो। जसमा बेलडाँडी टिमको लागि भोज राज कलौनिले १८ बलमा २ चौकाको मदतले १० रन, बनाएका थिए। शुक्लाफाँटाको तर्फबाट कैलाश ऎर ४ ओभर १ रन २ विकेट ,विशाल बोहराले १ ओभर १२ रन २ विकेट लिएका थिए । अरु बोलरले समान एक-एक विकेट लिएका थिए।

यसरी ६२ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको शुक्लाफाँटा नगरपालिका ५.१ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो। शुक्लाफाँटा टिमका लागि ब्याट्सम्यान विशाल ऎर १७ बलमा ७ चौका १ छक्कको मदतले ३७ रन,अशोक विष्ट १५ बोल खेल्दै १ चौकाको मदतले १२ रन हान्दै टिमको लागि दोस्रो जित दिलाएका छन् उक्त खेलको म्यान अफ द म्याच शुक्लाफाँटा नगरपालिका टिमका कैलाश ऎर घोषित भए।

चौथो दिनको दोस्रो खेलमा कृष्णपुर नगरपालिकाले पहिलो ब्याटिङको गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा टिमको स्कोर १ सय ८ रन बनाएको थियो। कृष्णपुर आफ्नो दोस्रो खेलमा पहिलो जित ३७ रनले हात पारेको छ। जसमा लोकेन्द्र चन्दले ४० बलमा ६ चौका १ छक्काको मदतले ३६ रन,रोशन साउँदले ४८ बलमा ३ चौकाके मदले ३३ रन बनाएका थिए।
बेदकोट नगरपालिकाको तर्फबाट विवेक बोहराले ४ ओभरमा १७ रन दिदै १ विकेट ,दिपक चन्दले ४ ओभरमा २४ रन दिदै १ विकेट लिएका थिए भने अर्का बोलर रोशन खड्काले ४ ओभर २९ रन दिदै १ विकेट हात पारेका हुन।

यसरी १ सय ९ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको बेदकोट नगरपालिका १६.५ ओभरमा अल आउट हुँदै ७१ रनमा समेटिदै ३७ रनले पहिलो खेल गुमाएको छ। बेदकोट टिमका लागि ब्याट्सम्यान अबिशेक बुढाएरले १९ बलमा २ चौका १ को मदतले १६ रन , दिलिप धानुकले ११ बलमा ३ चौकाको मदतले १५ रन बनाएउदै आफ्नो पहिलो खेल भने जिताउन सकेन । कृष्णपुर नगरपालिका टिमको तर्फबाट रोशन जोशिले १.५ ओभरमा ७ रन दिदै ४ विकेट लिएका थिए भने रोशन साउँद र तेज बोहराले समान दुई-दुई विकेट हात पर्न सफल हुँदै आफ्नो टिमको लागि जित दिलाएका हुन। उक्त खेलको म्यान अफ द म्याच कृष्णपुर नगरपालिका टिमका रोशन साउँद घोषित भए।

प्रतियोगिताको चौथो दिनमा दुई खेल हुने र पाचौं दिनको पहिलो खेल भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपाली बिच बिहान ९:३० बजे हुने छ। भने पाचौं दिनको दोस्रो खेल दोधारा चादँनी नगरपालिका र बेदकोट नगरपालिका बिच दिउँसो १ बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।


ताजा समाचार

spot_img