कञ्चनपुर,

सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिता आज देखि सुरु हुने भएको छ।

आज फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना हुन लागेको दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको उद्धघाटन खेलमा भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका भिड्ने कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्दले बताएका छन् ।

उनका अनुसार ‘विश्वव्यापी रुपमा फैलिएको महामारीले गर्दा खेलकुद क्षेत्र नै धरापमा परेको यो समयमा सबै स्थानीय तह हरुको टिम सहयोगमा जिल्लामा क्रीकेट प्रतियोगिताको आयोजना हुन लागेको र प्रतियोगितामा कञ्चनपुर जिल्लाका नौ पालिका मध्य २ वटा पालिका बाहेक ७ वटा स्थानीय तहको टिमको सहभागिता रहेको छ।
प्रतियोगिता लिक कम नकाउटको आधारमा दुई समुह विभाजन गरि प्रतियोगिता फागुन २० देखि २६ गते सम्म संचालन हुने छ।’ जसमा यू-१९ उमेर समुहका ५ जना खेलाडी अनिवार्य रुपमा राख्नु पर्ने छ। जसले गर्दा एउटा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमका लागि एउटा यू-१९ खेलाडीलाई छनोट गरि टिम बनाउनमा भने ठूलो सहयोग पुग्ने देखिन्छ ।
सहभागी टिम महाकाली नगरपालिका ,भीमदत्त नगरपालिका ,बेदकोट नगरपालिका ,शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका ,बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका रहेका छन् । समूह” ए” मा भीमदत्त ,बेलौरी ,शुक्लाफाटा र बेलडाँडि रहेका छन। समुह “बि” मा बेदकोट,दोधारा चादनी र कृष्णनगपालिका रहेका छन् ।
प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।
अध्यक्ष चन्दले भन्ने ‘प्रतियोगितामा सहभागी हुने टिमका लागि कञ्चनपुर जिल्ला क्रीकेट संघले खेल पोशाक दिने र प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्र देखि लिएर पहिचान झल्काउने खालको फोटो समेत राखेको आयोजकले बताएको छ। जसले खेलकुद क्षेत्रलाई मात्र नभएर एउटा पर्यटन प्रबर्द्धन लाई समेत सहयोग पुग्ने छ।’






