दोधारा चाँदनीको खुला सीमा क्षेत्रमा मौलाउदै अबैध कारोवार


‘सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारी का सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐर ले सिमानामा हुने अबैध ओसारपसार रोक्न सशस्त्र प्रहरीले चनाखो भएर काम गरिरहेको बताउदै कहिलेकाही तस्करले सुरक्षाकर्मिको आँखा छलेर यस्ता कार्य गर्ने गरेको बताए । हामीलाई जानकारी भएसम्म हरसम्भव कोशिश गरिरहेको बताउदै उनले भने यस बिषयमा प्रहरी झन चनाखो भएर लाग्ने छ् । अबैध सामान बेलाबेलामा बरामद समेत गरेको उनको भनाई छ् । कहिलेकाही तस्करी गर्ने मान्छेले आँखा छल्ने मौका पाइरहेको बुझिन आएकोले आगामी दिनमा यस्ता अबैध कारोबार मा नियन्त्रण गर्न अझै कडाईका साथ लाग्ने उनले बताए’

दोधारा

अबैध कारोवार रोक्न नेपाल संग सीमा जोडिएका खुला नाका क्षेत्रमा नेपाल सरकारले सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट स्थापना गरेपनि दोधारा चा“दनीको भारत संग जोडिएको खुला सिमा क्षेत्रमा अबैध कारोवार रोकिएको छैन् । दोधारा चाँदनीको खुला सिमा क्षेत्रमा स्थानिय दैनिक उपभोग्य समान ल्याउने स्थानियहरुलाई सिमा सुरक्षाकर्मीहरुले कडाई गर्दै आएपनि रातीको समयमा हुने खुला सिमा क्षेत्रमा अबैध तस्करी तथा कारोवार नरोकिएको स्थानियहरुले बताउदै आएको छन् । कोरोना भाईरसले निम्त्याएको लकडाउन संग सिमा क्षेत्रमा रोकटोकले अबैध कारोवार भने ह्वात्तै बढेको स्थानियहरुको ठहर छ् । अहिले भारतीय बजारबाट अवैध मार्ग हुदै चिनी, कस्मेटिक, तयारी पोषाक, सूर्तीजन्य पदार्थ, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयरका सामानहरु, किरानाका सामानहरु, कपडा, खाद्यान्न, इलेक्ट्रोनिकका सामानहरु मध्यरातमा तस्करी हुदै नेपाल भित्रिदै आएको बताईएको छ् । उक्त कार्यमा भारतिय र नेपालीहरुको एक गिरोह बिगतका दिनहरु देखि सक्रिय रहदै आएको बताईएको छ् ।

नेपाल आउन प्रतिबन्ध गरिएको पंक्षीजन्य कुखुरा र तिनका चल्ला समेत अहिले दोधारा चाँदनीको सिमा क्षेत्रबाट तस्करी हुदै नेपाल आईरहेको स्थानियहरुको भनाई रहेको छ् । दोधारा चाँदनीको झण्डै ३५ किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सिमा क्षेत्रको खुला सिमा क्षेत्रमा रातीको समयमा अबैध कारोवार बढेर गएको स्थानियहरुको ठहर छ् । महाकाली झोलुङ्गे पुल क्षेत्रमा सुरक्षा ब्यवस्था कडा भएको कारण निमार्णधिन महाकाली पक्की पुल अहिले आएर अबैध कारोवार गर्नेहरुको लागी सहज मार्ग भएको समाचार श्रोतको ठहर छ् । नेपाल सरकारले दोधारा चाँदनीको ३ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेको छ् । दोधारा चाँदनीको वडा नं. १ बैलबन्द, वडा नं. ३ छोटी भन्सार नजिक र वडा नं. ८ र १० नजिक सुन्दरनगर झोलुङ्गे पुल नजिक सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट स्थापना गरेको छ् । बिगतमा एक स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना भएको अहिले ३ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना भएपनि तस्करी नियन्त्रणमा खासै फरक नभएको स्थानियहरुको आरोप रहेको छ् ।

दोधारा चाँदनी माहाकाली नगरपालिकाको खुला सीमा क्षेत्रमा रातीको समयमा तस्करी समेत मौलाउदै आएको स्थानियहरुले बताउदै आएका छन् । तस्करहरुले रातीको समयमा मोटरसाईकल र साईकलको सहाराबाट सिमा क्षेत्रमा अबैध समान आयात निर्यात गर्दै आएको बताईएको छ् । नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा रात परे संगै भारत संग जोडिएका सीमा क्षेत्रबाट सिमावर्ती बजारहरुमा चहलपहल बढ्ने गरेको बताईएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट थपेको भएपनि सिमा क्षेत्रमा रातीको समयमा तस्करीमा कमी नआएको स्थानियहरुको भनाई छ् । मध्यरातमा आलु, प्याज, माछा, कुखुरा अण्डा, ब्यापारिक समान लगाएतका खाद्य तथा अखाद्य पदार्थ नेपाल तर्फ भित्र्याउने र नेपाल तर्फबाट कस्मेटिक लगाएत समान अबैधरुपमा ओसारपसार हुने गरेको समाचार श्रोतको दाबी छ् । बिगतका दिनहरुमा नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले निगरानी गरिरहेको सीमा सुरक्षालाई नेपालको संबिद्यान सभाको पहिलो निर्वाचन देखि दोधारा चाँदनी नगर क्षेत्रमा आफ्नो सशस्त्र पहरीले बेस क्याम्प स्थापना गरेको हो । सिमा क्षेत्र सशस्त्र प्रहरीले निगरानी गर्दा सिमा क्षेत्र चुस्त–दुरुस्त हुने विश्वास गरिदै आएको छ् । तर, सशस्त्र प्रहरीले सीमा थप सुरक्षा पोष्ट स्थापना गरेरै खटिएको महिनौ बितिसक्दा पनि सिमा क्षेत्रको अबैध कारोवारमा चुनौती जस्ताको तस्तै छ्  । सिमा क्षेत्रमा अबैध तस्करीमा अझै कमी आएको छैन् ।

नेपाल–भारत खुल्ला सिमानाको अनुचित फाईदा उठाउदै कारोबारीले सीमावर्ती भारतीयबाट कस्मेटिक लगाएत खाद्य तथा अखाद्य पदार्थ आयात निर्यात गर्दै आएका भएपनि सरोकारवालाहरुले यस सम्बन्धमा खासै चाँसो नदेखाएको नाउ उल्लेख नगर्ने सर्तमा एक स्थानियले बताएका छन् । उनका अनुसार सिमा क्षेत्रमा मदिराको तस्करी बढेको छ् । नेपालमा सस्तो पाईने मदिरा भारतमा मंहगोमा बेच्नका लागि स्थानीय तस्करहरु मदिरा अवैध रुपमा भारत निकासी गर्ने गरेका छन् । भारतमा जताततै मदिरा नपाउने र मदिरा विक्री वितरण जोन बाहेक अन्त मदिरा सेवा गर्न नमिल्ने भएकाले भारतमा घरेलु मदिरा संगै नेपाली सस्तो मदिरा सोफी, लिची, जस्ता मदिरको अवैध निकासी हुने गरेको पाईएको उनको भनाई रहेको छ् । दोधारा चाँदनीको सिमावर्ती क्षेत्रबाट भारत तर्फ मदिरा तस्करी हुदै आएको छ् । दोधारा चाँदनीको सिमावर्ती भारतिय बजार क्षेत्रमा भारत सरकारले मदिरा उत्पादन र जहातहै विक्रि वितरणमा पुर्णरुपमा निषेध गरिएपछि अहिले दोधारा चाँदनीको सिमावर्ती क्षेत्र भएर धमाधम मदिरा तस्करी हुने गरेको पाईन्छ् । मदिरा तस्करी बढेपछि अहिले सिमावर्ती क्षेत्रमा झुप्रे मदिरा पसलहरु थपिदै गएका छन् भने कारोवारमा समेत वृद्धि भएको छ् ।

यता सिमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सिमामा हुने कुनै पनि प्रकारको तस्करी रोक्न हरसम्भव प्रयास गर्दै आएको दावी गर्दै आएको छ् । सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारी का सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐर ले सिमानामा हुने अबैध ओसारपसार रोक्न सशस्त्र प्रहरीले चनाखो भएर काम गरिरहेको बताउदै कहिलेकाही तस्करले सुरक्षाकर्मिको आँखा छलेर यस्ता कार्य गर्ने गरेको बताए । हामीलाई जानकारी भएसम्म हरसम्भव कोशिश गरिरहेको बताउदै उनले भने यस बिषयमा प्रहरी झन चनाखो भएर लाग्ने छ् । अबैध सामान बेलाबेलामा बरामद समेत गरेको उनको भनाई छ् । कहिलेकाही तस्करी गर्ने मान्छेले आँखा छल्ने मौका पाइरहेको बुझिन आएकोले आगामी दिनमा यस्ता अबैध कारोबार मा नियन्त्रण गर्न अझै कडाइका साथ लाग्ने उनले बताए ।


ताजा समाचार

spot_img