दोधारा

दोधारा चाँदनी नगरपालिका–१० स्थित जोगबुडा नदीमा तटबन्ध निर्माणका लागी यस पटक बजेट नहाल्दा कुतियाकवरका स्थानीय निराश भएका छन् । विगत लामो समय देखि दोधारा चाँदनी नगरपालिकाको जोगबुडा नदी पारि बसोबास गर्दै आएका कुतियाकबरवासी जोगबुडा नदी नियन्त्रणको लागी निर्माण भईरहेको तटबन्धमा यस पटक बजेट नराख्दा निराश भएका हुन । राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम अन्तर्गत नदी पारि कुतियाकवर क्षेत्रमा विगतको वर्ष नदी नियनत्रणका लागी दुई सय मिटर तारजाली सहितको तटबन्ध निर्माण भएको हो । थप कार्यक्रम सहित तटबन्ध नया“ आर्थिक वर्षमा गरिने आश्वासन पाएका कुतियाकबरका स्थानीय तटबन्ध निर्माणका लागी बजेट नआएपछि निराश भएका छन् । सुरु भएको काम बिचमै अलपत्र हुनेहो कि ? भनेर उनीहरुको चिन्ता बढेको छ । ‘विगतका धेरै वर्षहरु तटबन्ध निर्माण नभएर बितेका थिए ।

गएको वर्ष राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत नदी किनारको जोगबुडा नदी क्षेत्रमा करिब दुई सय मिटरको तटबन्ध निमार्ण गर्ने कार्य भएको थियो’, दोधारा चाँदनी नगरपालिका–१० का स्थानीय शिक्षक टंकलाल जोशीले भने– ‘कुनै दिन एक सय घरधुरी भएको कुतियाकवर क्षेत्र अहिले ३५ घरधुरीमा झरेको छ् । नदी नियन्त्रणको लागी निर्माण सुरु गरिएको तटबन्ध पनि अधुरै रहेको छ् ।’ बस्ती किनार देखि झोलुङ्गे पुल सम्म मात्रै सानो क्षेत्रमा तटबन्ध बनाइएको उनले बताए । कुतियाकवरका स्थानीयले लामो समय देखि वर्षायाममा जोगबुडा नदीबाट प्रभावित हुनु पर्ने बाध्यता रहेको छ् । वर्षा सुरु भएपछि जोगबुडा नदी संगै जोडिएको महाकाली नदी क्षेत्रमा पनि पानीको बहाव बढी भएपछि बस्तीमा डुबान हुने गरेकोछ । कुतियाकवर क्षेत्र महाकाली नदी र जगबुडा नदीको दोभान क्षेत्र हो । ‘विगतका वर्षहरु झै प्रत्येक वर्ष नगरपालिका क्षेत्रको पुरै गा“उ डुबान पर्ने क्षेत्र मध्ये कुतियाकवर सबै भन्दा अगाडी आउछ । हुनत वडा नं. १० कै अठार नम्वर पिल्लर बस्ती पनि बाढी ग्रस्त क्षेत्रमै पर्छ ।

नदी नियन्त्रण हुन्छ तटबन्ध निर्माण गरिन्छ भनिए पनि आवश्यकतानुसार तटबन्ध निर्माणको कार्य भएको छैन’, शिक्षक जोशीले भने– ‘चार सय मिटर गा“उको पूर्व तिर अवस्थित जोगबुढा नदी अहिले चार सय मिटर पश्चिममा गाँउ भित्र कटान गरेर प्रवेश गर्दै आएको छ् । नदीले भएको जग्गा जमिन पनि कटान गरिदिएपछि स्थानीय नदीको त्रासमा बस्दै आएका छन् ।’ जोगबुडा नदी पारि रहेको कुतियाकवर गा“उ संगै जोडिएर भारतीय सीमा क्षेत्र रहेको छ् । गाँउ संगै सीमा क्षेत्र जोडिएको भएकोले पनि स्थानीयबासी बाढी संगै सीमा क्षेत्रको समस्या झेल्दै आएका छन् । सीमा क्षेत्र संग जोडिएको बस्ती भएकोले भारतीय सुरक्षाकर्मीले समय समयमा दुख दिने गरेका छन् । कुतियाकवर आवतजावत गर्न जोगबुडा नदीमा एउटै झोलुङ्गे पुल मात्रै छ् । गत वर्ष निर्माण गरिएको तटबन्ध पनि झोलुङ्गे पुल सम्म मात्रै गरिएकाले नदी कटानले पुललाई पनि जोखिममा पारेको कुतियाकवरका अर्का स्थानीय मोहन सुनारले बताए । ‘गत वर्ष निर्माण गरिएको तटबन्ध झोलुङ्गे पुलको फेद सम्म मात्रै निर्माण गरियो, यसले गर्दा स्थानीयको आवत जावत गर्ने एउटै ठा“उ पनि नदी कटानको जोखिममा रहेको छ ।’ स्थानीय सुनारले भने, ‘नदी नियन्त्रणको लागि कुतियाकवर क्षेत्रको नदी किनारको सबै क्षेत्रमा तटबन्ध निर्माण गरिनु पर्दछ ।
तटबन्ध निर्माण पछि मात्रै कुतियाकबर क्षेत्रको भविस्य सुरक्षित हुने अवस्था छ ।’ वर्षायाममको समयमा जोगबुडा नदीमा आएको बाढीले गा“उलाई नै डुबाउने गर्दछ । अरु बेला कुतियाकवर क्षेत्रमा आवत जावत गर्न सहज भएपनि वर्षायामको समयमा भने महिनौ सम्म डुवानले आवतजावत गर्न नसकिने उनले बताए । वर्षायाममा नदीमा आएको बाढीले गर्दा स्थानीयको अन्नबाली लगाएत मानवीय क्षति पनि गर्ने गरेको छ् । अहिले सम्म नदीका कारण ३०/४० परिवार विस्थापित भइसकेको बताईएको छ । कुतियाकवर बस्ती किनारमा तटबन्ध निर्माण गर्नमा राज्यले कन्जुस्याई गरिरहेको सुनारले बताए । यस्तै कुतियाकवरका अर्का स्थानीय ऐन बहादुर सुनारले झोलुङ्गे पुल भएपनि आधा भाग सम्म मात्रै भएको बताए । ‘वर्षायाममा झोलुङ्गे पुलको पूर्व तिरको भाग पनि विगतमा नदीले कटान गरेको र नदी भएको क्षेत्र हो, यसले गर्दा वर्षायाममा झोलुङ्गे पुलबाट आवतजावत गर्न पनि सम्भव हुदैन ।’ ऐन सुनाले भने, ‘झोलुङ्गे पुल सम्म जान पनि सकिने अवस्था हुदैन, झोलुङ्गे पुल पनि मौसमी भएका कारण स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।’ वर्षायाममा विद्यार्थीले विद्यालय जादा होस् या बिरामीलाई अस्पताल लैजादा निकै सास्ती हुने गरेको छ् । आवत जावत गर्न झोलुङ्गे पुल भएपनि वर्षायाममा डुङ्गाको सहारा लिनु पर्ने बाध्यता हुने गरेको सुनारले बताए ।






