विदेशबाट फर्किएपछि ग्रिल उद्योग व्यवसायमा शाह

विज्ञान पढेर ईन्जिनियर, डाक्टर बन्ने सपना बोकेका शाह, सरकारी जागिर छाड्दै दक्षिण कोरियाबाट फर्किएर युवाको प्रेरणाको स्रोत बन्दै


कञ्चनपुर,
विदेशबाट स्वदेश फर्किएका कञ्चनपुरका एक युवा ग्रिल उद्योग व्यवसायीमा जुटेका छन । बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका युवा मिन बहादुर शाह चार बर्ष अघि दक्षिण कोरियाबाट रोजगारी घर फर्किएका थिए । स्वदेश फर्किए लगत्तै उनले भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा प्रतिभा ग्रिल उद्योग खोलेर ग्रिल व्यवसायमा जुटेका छन । वि.सं २०४७ सालमा शाहको परिवार पहाड अछाम जिल्लाबाट कञ्चनपुरको बेलडाँडीमा आएका थिए । वि.स.२०५४ सालमा एसएलसी उर्तिण गरेका शाह आईएस्सी अध्ययनका लागि वि.सं २०५५ साल तिर महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा आएका थिए । गाँउमा शाहको अढाई विगाह जमिन थियो । त्यही जमिनको आसले उनी महेनद्रनगरमा डेरा गरि विज्ञान विषय अध्ययन गर्दैका बखत वि.सं २०५८ सालमा तत्कालीन शुक्लाफाँटा बन्यजन्तु आरक्षविस्तारका क्रममा उनले जमिन सरकारले खोसेपछि उनको प्रढाई समेत प्रभावित भयो ।
विज्ञान विषय पढेर ईन्जिनियर डाक्टर बन्ने सोच बेकेका शाहको सपना चकनाचुर भयो । गाँउतिर भएको खेत सरकार लग्यो, घर परिवारको अन्य बलियो आर्थिक अवस्था नभएका कारण उनका सामु चुनौती थपियो । त्यही बेला २०५८ सालतिरै तत्तकालिन माओवादीले थालेको जनयुद्धकै बेला सरकारले सुरक्षा निकाय तर्फ सशस्त्र प्रहरी बल नयाँ फौज संगठन स्थापना गरेको थियो । उनी पढाई छाडेर सशस्त्र प्रहरीमा भर्ना भए ।
सशस्त्र प्रहरीमा भर्ना भएका शाहले राजधानी काठमाण्डौँ लगायतका क्षेत्रमा काम गरे । सशस्त्र प्रहरीमा काम गर्दागर्दै उनले वि.सं२०६८ सालमा दक्षिण कोरिया रोजगारीका लागि भाषा उर्तिण गरे । भाषा उर्तिण गरेका शाह वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गए । दक्षिण कोरियामा ०६८ देखि ०७३ सम्म उद्योगमा काम गरेर स्वदेश फर्किए । स्वदेश फर्केर ९० दिन भित्र फेरी कोरिमा जान पाउने सुविधा भएपनि उनले त्यहाँ मासिक साढे तीन लाख रुपैया कमाउने काम त्यागेर स्वदेशमै उद्योग स्थापना गरेका थिए । ‘मैले विदेशबाट फर्किएपछि कृषितर्फ काम गरौँला सोचेको थिए, तर सोच अनुरुप काम गर्न सकिएन, ‘मिन बहादुर शाहले भने, ‘स्वदेश आएर उता कम्पनीले समेत ताकेता गरिरहेको थियो, तर म गईन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो, ग्रिल उद्योग खोले ।’ विदेशमा भएका ज्ञानसीप सदुपयोग गरेको उनको भनाई छ । विदेशमा पैशा छ, भन्दैमा विदेशमै उर्बरा उमेर व्यतित गर्नुभन्दा स्वदेशमै उत्पादनमा जुटेको उनले बताए ।
ठकुरी समुदायका भएकाले कहिलेकाही शाहलाई केही साथिभाईले विदेशको पैशाले अझै पुगेन, के फलामको काम गरेको होला, खाली दिनभरी घन ठोक्ने भनेर उनलाई समान्य जिस्याउने समेत गरेका छन । तर, उनले त्यो विषयलाई नकार्दै आएका छन । ‘काम पनि जात, धर्म समुह, लिङ्गको आधारमा गर्ने होर, ‘उनले भने, ‘स्वदेशमै बस्तु तथा सेवा उत्पादन कला सीप र क्षमता प्रर्दशन गर्ने हो, त्यसबाटै देश र जतताको भलो हुन्छ ।’ उर्बरा उमेर विदेशमा काटेर बुढेशकालमा स्वदेशमा आएर फेरीपनि मानिसको जिवनका लागि चाहिने बस्तु तथा विदेशकै भर पर्नुभन्दा केही श्रम,सीप र क्षमता सदुपयोग गर्नुपर्ने उनको भनाई छ । उद्योगमा १० जना नियमित र कामको चाप बढेपछि १५ देखि २० जनालाई रोजगारी दिदै आएका छन । बार्षिक एक करोडको कारोबार गर्दै आएका शाहले स्वदेशमै थुप्रै रोजगारीका अवसर रहेको बताए । जिल्लाभरी र बाहिर समेत माग हुने बताउदै उनले कहिलेकाही कच्चा पदार्थ अभाव हुँदा ग्राहकलाई दिन भ्याईनभ्याई हुने बताए । नेपालीहरु तुरुन्तै ठुलो अपेक्षा राख्ने गरेको सफलता नपाउने उनको भनाई छ ।
‘म युवालाई सीप सिकाउँछु, श्रम गर्न लगाउँछु, श्रम बाफत ज्याला पनि दिन्छु, ‘उनले भने, ‘मैले उद्योग खोलेर मेरो कमाई भन्दा अन्य युवालाई समेत सीप सिकाउनु र उसलाई तालिम प्राप्त गर्नुपनि मेरो धर्म हो ।’ रोजगारीका लागि सीप सिकेपछि त्यसले सहजै रोजगारी पाउने उनले बताए । शाहले रोजगारीका लागि विदेशमा जानुपर्छ भन्ने भौतारिकनुभन्दा स्वदेशमै केही गर्न सकिने उदाहरणीय काम गरेका छन । बाल्यबालदेखि विद्यार्थी हक अधिकारका लागि होमिएका शाह अहिले विभिन्न समाजिक संघ संस्थामा समेत आबद्ध छन । सेती महाकाली मेटल स्वतन्त्र संघकै कोषाध्यक्षर््ा, नेपाल स्वयमसेवक संघ सुप प्रदेशको प्रवक्ता तथा कञ्चनपुर इन्चार्ज हुन । ग्रिल उद्योगसंगै कृषि पेशामा समेत काम गर्ने उनको इच्छा छ । जसका कारण घरमै छतमा समेत नमुनाका लागि उनले तरकारी फलाएका छन । उनले विभिन्न प्रजातिका तरकारी घरमै छतमा फलाएका हुन । सृजनशिल कर्ममा होमिने शाहले भविष्यमा सबै क्षेत्रमा सफलतापछि राजनीतिक क्षेत्रमा समेत रुची राखेका छन । राजनीतिक पनि आफु केही नगरी बसेर अर्डर दिने पेशा बनेको विश्लेषण गर्दै उनले राजनीतिक गर्नका लागि स्वयमले सबै काम गर्नुपर्ने सुझाव छ । उनका काम देखेर बाल्यकाल, फौजी संगठनका र विदेशमा हुँदा जोडिएका सहकर्मीले प्रसंसा गर्दै आएका छन ।

ताजा समाचार

spot_img