कञ्चनपुर,
देशमा राजनीति उथलपुथल भएको बेलामा भारतीय एसएसबीले सिमानामा नेपाली भूमि नजिकै नेपाली नागरिक माथी गोलि प्रहार गरि घाइते बनाएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –१ का युवक माथी भारतीय सिमा सुरक्षा बलले अन्धाधुन्ध गोली प्रहार भएको हो ।
गोली के कती कारणले प्रहार भएको भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार गोली प्रहार भएको नेपाली नागरिक सुनार घाइते भएका छन् । यस्तै गोली लागेका नरेस सुनार भने करिब १६ वर्षका छन् ।
धाइते सुुनारलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याएको छ। गोली प्रहार भएको सीमा भारतीय भएकोले भारतीय एसएसवीले वा हरु कुनै पक्षले गोली प्रहार गरिएको बारे थप अनुसन्धानका साथै खोजनिती अघि बढाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुकु रामकुमार महतोले बताए । यसरी गोली प्रहार भएको बारेमा घाइते युवक सुनारले प्रहरी कहा गएर आफूलाई गोलि लागेको बताएका थिए । गोली प्रहार भने बेलुका ६ :३०बजे भएको थियो।