शिक्षा क्षेत्रमा पहुच पुर्याउन अपाङ्गता भएका बालबालिका लाई शैक्षिक सामाग्री


कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा अपाङ्गता भएका बालबालिका लाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको छ।विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड – १९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको विषम परिस्थितिमा सामाजिक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरु लाई मध्यनजर गर्दै अग्रणी भुमिका खेल्दै आएको नेपाल अपाङ्ग महिला संघ कञ्चनपुर द्धारा सिबिएम को आर्थिक सहयोगमा बेदकोट नगरपालिका क्षेत्रका अपाङ्गता भएका बालबालिकालाई हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कुमार चन्द ,नेपाल अपाङ्ग महिला संघ केन्द्रिय महासचिव मिना पौडेल र कञ्चनपुर जिल्ला अध्यक्ष अनिता ढुंगानाले सयुक्त रुपमा सोमबार एक कार्यक्रमका साथ नगरपालिका परिसरमा शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको कार्यक्रम संयोजक पुजा पन्तले जानकारी दिएको छ।
बेदकोट नगरपालिकाका र पुनर्वास नगरपालिका का ६/६ जना अपाङ्गता भएका बालबालिका लाई महामारीको कारणले सम्पुर्ण काम कार्य देखि लिएर शैक्षिक जगत नै थला परेको बेलामा अपाङ्गता भएका बालबालिका लाई शिक्षा क्षेत्रमा पहुच पुर्याउने उद्देश्यका साथ शैक्षिक सामग्री ,पोशाक र आवश्यक अन्य थप सामग्री सहयोग गरिएको नेपाल अपाङ्ग महिला संघ कञ्चनपुर जिल्ला अध्यक्ष अनिता ढुंगानाले बताउनु भो।यसरी अपाङ्गता भएका व्यक्तिलाई शिक्षा ,स्वास्थ्य र रोजगारमा स्थानीय ,प्रदेश र केन्द्रिय सरकार उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ। ताकि अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने भाव रहोस् ।

ताजा समाचार

spot_img