महेन्द्रनगर,
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसको कञ्चनपुरमा दिनप्रतिदिन उच्च जोखिम बढ्दै गएको छ।
जिल्लाका विभिन्न पालिकामा मंगलबार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १४ महिला २८ पुरुष गरि ४२ जनामा कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन् ।
कोरोनाको उच्च जोखिम कञ्चनपुरको भीमदत्त नगरपालिकामा ५ महिला र २२ पुरुष गरि २७ जनामा कोरोना पुष्टि भएको छ। त्यस पछि वेदकोट नगरपालिकामा ९ महिला र ५ पुरुष गरि १४ जना र पुनरवासनगरपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ।
पश्चिमी खुला सिमानाका केन्दि्रत रहेको जिल्लाको सदरमुकाम महेन्द्रनगरमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै जादा पनि सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले सतर्कता अपनाउनु पर्ने भएता पनि कुनै चासो नदेखिएको स्थानीयको गुनासो रहेको छ। कञ्चनपुरमा हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुने संख्या १२ जना पुगेको स्वास्थ्य कार्यालय कंचनपुर को तथ्यांकले जनाएको छ।