दोधारा

सामाजिक कार्यमा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माहाकाली नगर सचिव तथा डिसी युथ नेटवर्कका माहाकालीका सल्लाहकार भिम कुमाल आफ्नो जन्मदिनको अवसर पारेर माहाकाली नगरपालिका क्षेत्रमा रहेका अतिबिन्न १० घरधुरीलाई फाईवर कम्वल, नगद धनरासी तथा एक मन्दिर समितिलाई एक कट्टा जग्गा दान गरेका छन् । माहाकाली नगरपालिका वडा नं. ४ निवासी जोगा दमाई, लाल बहादुर दमाई, नन्दे दमाई, वडा नं. ६ का मन बहादुर राना लगाएत १० घरधुरीलाई जाडो छेल्न फाईवर कम्वल गरेका छन् ।


आफ्नो जन्म दिनको अवसरमा उनले बिपन्न परिवारलाई जाडोको बेला न्यानो कपडा बितरण गरेका हुन् । उनले केही दिन अघि मात्रै सडक दुर्घटनामा परि शक्त घाईते भएका र उपचारकै भारतको एक अस्पतालमा रहेका माहाकाली नगरपालिका वडा नं. ६ का रोसन सुनारको परिवारलाई उपचार खर्च रु. ७ हजार नगद रकम समेत प्रदान गरेका छन् । यस्तै उनले माहाकाली नगरपालिका वडा नं. २ कृष्ण टोल स्थित रहेको शिद्ध कालिका मन्दिर समितिलाई १ कट्टा जग्गा दान समेत गरेका छन् । शिद्ध कालिका मन्दिर समितिका अध्यक्ष यम बहादुर कठायतका अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सामाजसेवी भिम कुमालले मन्दिर समितिलाई एक कट्टा जग्गा दान गरेको बताएका छन् ।


जग्गा अभावमा मन्दिरको भवन निमार्ण कार्य अघि बढ्न नसकेको अवस्थामा नेता कुमालको जन्म दिनको अवसरमा एक कट्टा जग्गा प्रदान गरिएको शिद्ध कालिका मन्दिर समितिका अध्यक्ष यम बहादुर कठायतले बताएका छन् । मन्दिर समितिलाई नेता भिम कुमालले जग्गा दिए पछि मन्दिरको भवन निमार्ण कार्य अघि बढ्ने भएको छ् । माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माहाकाली नगर सचिव तथा डिसी युथ नेटवर्कका माहाकालीका सल्लाहकार भिम कुमालले आफ्नो जन्म दिनको अवसर पारेर अतिबिपन्न घरपरिवारलाई १० थान फाईवर कम्वल बितरण गरेको बताएका छन् ।

बिगतका दिन देखि सामाजिक कार्यमा प्रखर देखिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माहाकाली नगर सचिव तथा डिसी युथ नेटवर्कका माहाकालीका सल्लाहकार भिम कुमालले निकै सहनिय कार्य गरेको वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । माहाकाली नगरपालिका वडा नं. ४ निवासी जोगा राम दमाई, लाल बहादुर दमाई, नन्दे दमाई, वडा नं. ६ का मन बहादुर राना लगाएत शितलहरबाट प्रभावित दलित तथा अतिबिपन्न बस्तिहरुका घरमा पुगी न्यानोका लागी फाईवर कम्वल वितरण गरेको डिसी युथ नेटवर्कका पदाधिकारीहरुले जनाएका छन् । तराईमा केही दिन देखि चलेको शितलहरले जनजीवन प्रभावित बन्दै गएपछि गरिब तथा अतिबिपन्न परिवारमा आफ्नो जन्मदिनमा सहयोग गरेको नेता तथा सामाजसेवी कुमालले बताएका छन् ।

नेकपा नगर सचिव कुमालले आफ्नो ब्यक्तीगतरुपमा माहाकाली नगरपालिका कार्यालयलाई, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएत स्थानियहरुलाई बिगतका दिनहरु देखि सघाउदै आएका हुन् । आगामी दिनहरुमा आफुले भ्याए जती सहयोग गर्दै जाने भिम कुमालले प्रतिबद्धता समेत जाहेर गर्दै आएका छन् । शिद्ध कालिका मन्दिर समितिलाई जग्गा दान, अतिबिपन्न्न परिवारलाई फाईवर कम्वल बितरण कार्यक्रममा माहाकाली नगरपािलका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, गिता कुमाल, कल्लु कुमाल, कमला कुमाल लगाएत डिसी युथ नेटवर्कका पदाधिकारी भक्त बहादुर रावत, लक्ष्मी चन्द, दिया सा“उद, बिनोद चौधरी, जिवन धामी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।






