दोधारा

मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध बिद्यार्थीहरुलाई माईती नेपाल कञ्चनपुरले एक दिने अनुशिक्षण गरेको छ् । भिमदत्त नगरपालिका वडा नं. ३ नया“ तिलकपुरमा रहेको बैजनाथ माध्यमिक बिद्यालयमा छात्राहरुलाई एक दिने मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । कक्षा ८, ९ र १० का छात्रा र सामाजिक बिषयका शिक्षकलाई अभिमुखिकरण गरिएको हो ।


अध्यनरत २० जना छात्राहरुलाई एक दिने कानुनी तथा व्यावसायिक बाल यौन शोषण सम्बन्धी अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । उक्त अनुशिक्षणमा माईती नेपालको परिचय, महिला तथा किशोरीहरुलाई मानव बेचबिखन, लैगिंक हिंसा, कोरोना भाइरस (कोभिड—१९) र व्यावसायिक बाल यौन शोषणका बारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षण पश्चात छात्राहरुले मानव बेचबिखन, व्यावसायिक बाल यौन शोषण बारे आफुहरु सचेत भएको बताएका छन् । अनुशिक्षणमा सहभागी हुन पाएकोमा बिद्यालयका छात्राहरुले खुशी ब्यक्त गरेका छन् । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, बाल यौन शोषण भनेको के हो ? आफु कसरी सचेत हुनु पर्छ भन्ने कार्यक्रममा सिक्न पाएको छात्राहरुले बताएका छन् ।


आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम निरन्तर संचालन गर्दै जानु पर्ने छात्रा सहभागीहरुले आग्रह गरेका छन् । कार्यक्रममा छात्राहरुको उत्साहजनक उपस्थिती रहेको थियो । विद्यायलका प्रमुख मदन बहादुर बिष्टले आफ्नो मन्तव्यमा आफ्ना विद्यार्थीहरुलाई मानव बेचबिखन विरुद्ध र व्यावसायिक बाल यौन शोषण विरुद्ध सचेत रहन आग्रह गरेका छन् । माईती नेपाललाई पनि धन्यवाद दिदैं फेरि फेरि यस्ता सचेतना मुलक कार्यक्रम लिएर आईदिन उनले आग्रह गरेका छन् ।






