दोधारा चाँदनीमा समुदाय स्तरमा फैलियो कोरोना भाइरस


दोधारा 

बिश्वभर महामारीको रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा दोधारा चाँदनी नगरपालिकामा पनि समुदाय स्तरमा नै कोरोना भाइरस संक्रमण फैलिदै गएको छ । बिगतमा भारत लगाएतका तेस्रोमुलुक बाट फर्किएका नागरिकहरुमा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि हुने गरेको भएपनि पछिल्लो समयमा भने दोधारा चाँदनी नगरपालिकाका स्थानिय नागरिकमा नै कोरोना भाइरस संक्रमण देखिएपछि समुदायमा नै कोरोना फैलिएको पुष्टि भएको हो । दोधारा चाँदनीको मुख्य बजारहरु तथा भारतबाट अबैधरुपमा आयातित मालसमान तथा ओहर दोहरको कारण कोरोना भाइरसको जोखिम उच्च रहेको बताईएको छ् ।

सुरुमा भारतबाट घर फेर्केका स्थानियहरुमा कोरोना संक्रमण देखिदै आएपनि अहिले आएर स्थानिय नागरिकमा समेत कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ् । समुदाय स्तरमा संक्रमण देखिन थालेपछि दोधारा चाँदनी नगर क्षेत्रमा भने खासै सर्तकता अपनाईएको देखिदैन् । दोधारा चाँदनीमा बिभिन्न राजनितिक कार्यक्रम, खेल प्रतियोगिता, बैठक तथा अन्तरक्रियामा बिना स्वास्थ्य सुरक्षा अपनाई कार्यक्रम हुदै आएको छ् । भिडभाड नगर्न, मास्क र सेनिटाईजरको प्रयोग गर्न, सावुनपानीले मिचिमिचि हात धुन लगाएत स्वास्थ्य सुरक्षाका उपाय अपनाउन प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले सबैमा आग्रह गर्दै आएको छ् । भारतबाट घर फर्केका, सेवाग्राहीको भिड लाग्ने सरकारी कार्यालयका जनप्रतिनिधी, शिक्षक कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको दोधारा चाँदनीमा कोरोना भाइरस समुदाय स्तरमा फैलिएको पुष्ठी भएको छ् । तर दोधारा चाँदनी नगरपालिकामा लकडाउन खुलेपछि सार्वजनिक दूरी र कोरोनाको सम्भावित संक्रमणका बारेमा त्यति धेरै वास्ता गरिएको छैन । स्थानीय निकायले पनि कोरोना भाइरस संक्रमण घट्दै गएको भन्दै क्वारेन्टिन र आइसोलेसन सेन्टर बन्द गर्दै गएका छन् । स्वास्थ्य अधिकारीले दोधारा चाँदनीमा कोरोनाले कुनै बेला पनि संकटपूर्ण अवस्था सृजना गर्न सक्ने खतरा निम्त्याउने बताउदै आएका छन् । दोधारा चाँदनीमा पछिल्लो समय समुदाय स्तरमा संक्रमित देखिन थालेको खतराको संकेत भएको र स्थानीय सरकारले यसको रोकथाम तथा नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको भनाई रहेको छ् ।

दोधारा चाँदनीमा समुदाय स्तरमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि भएको दोधारा चाँदनी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताएका छन् । चेकजाँचको अभावमा थप संक्रमण नदेखिएको यदि चेकजाँच गर्ने हो भने थुप्रै मात्रामा समुदायमा संक्रमण देखिन सक्ने सम्भावना रहेको उनले बताएका छन् । परिक्षणको दायारालाई फराकिलो बनाई समुदाय स्तरमा कोरोना चेकजाँच गर्ने हो भने धेरै मात्रामा कोरोना संक्रमण देखिने सम्भावना रहेको दोधारा चाँदनी स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताएका छन् । अझै सम्म दोधारा चाँदनीमा ७६ जनालाई कोरोना संक्रमण देखिएको उनले बताएका छन् ।

बिवाह, बैंक तथा वित्तीय संस्था, होटल र पसलमा सामाजिक दूरीको कुनै ख्याल नगरिनु, रेड जोनबाट आउनेहरु बिना मास्क हिडिरहनु र राजनीतिक दलले विभिन्न कार्यक्रम आयोजना गरिरहनाका साथै कोरोना रोकथाम अहिलेको मुख्य विषय भएका अवस्थामा पार्टी प्रवेश गराउने होडबाजीमा राजनीतिक दल व्यस्त भएको स्थानीयवासीहरुको भनाई रहेको छ् । दोधारा चाँदनीका रहेका सामुदायिक तथा संस्थागत बिद्यालय आउदो २८ गते देखि संचालन गर्ने दोधारा चाँदनी नगरपालिका कार्यालयले गरेको छ् । समुदाय स्तरमा फैलिएको कोरोना भाईरसको सन्त्रासको कारण बिद्यालय कसरी संचालन गर्ने भन्ने अन्योलता शिक्षक तथा अभिभावकमा छाएको एक शिक्षकले बताएका छन् ।

कोरोना भाईरसको संक्रमण बढेको कारण बिद्यालय संचालन गर्न भने निकै कठिन अवस्था रहेको उनको भनाई रहेको छ् । दोधारा चाँदनी क्षेत्रमा रहेका बैंक, बित्तीय संस्था, बिवाह, खेल प्रतियोगिता, जन्म दिन लगाएत भिडभाडवाला कार्यक्रममा स्थानिय सरकारले मापदण्ड बनाएर भिडभाड कम गर्ने, सामाजिक दुरी राख्न स्थानियहरुलाई सजग गर्ने बिभिन्न कार्यक्रम गर्नु पर्ने नेकपा दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले बताएका छन् ।

समाजमा भिडभाड हुने बिभिन्न कार्यक्रमलाई रोक्न नियम कानुन बनाउने काम स्थानिय सरकारको भएको हुदा नगरपालिका कार्यालयले त्यसतिर ध्यान दिएर समयमै कोरोना संक्रमणबाट जोग्गिन सकिने उनको भनाई रहेको छ् । दोधारा चाँदनी क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण बढेको कारण तत्काल स्थानिय सरकारले संक्रमण रोक्न अग्रसर हुनु पर्ने नेकपा दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले बताएका छन् । पछिल्लो समय लकडाउन खुले संगै हेलचेक्राई गर्दा समुदाय स्तरका कोरोना फैलिएको स्थानीयको गुनासो छ ।


ताजा समाचार

spot_img