दोधारा

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको आज अन्तीम दिन माहाकाली नगरपालिकाका दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ् । आज माहाकाली नगरपालिका वडा नं. ६ हेल्थपोष्ट बजारमा लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा आज बृहत दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाहरुले जनाएका छन् । निड्स नेपाल कञ्चनपुर, माईती नेपाल कञ्चनपुर, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, डिसी युथ नेटवर्क, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा र माहाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालयहरुले कार्यक्रमको आयोजना गरेको हो । लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ती समाज र सबैको एक्कबद्धता नारा सहित माहाकाली नगरपालिकामा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।


हेल्थपोष्ट बजार क्षेत्रमा नेपाल आमाको नक्सा बनाई दिप प्रज्वलन गरेका थिए । माहाकाली नगरपालिकालाई लैंगिक हिंसा मुक्त बनाउने सबै बक्ताहरुले प्रतिबद्धता जनाएका छन् । समाजमा हुने महिला हिंसा, लैगिक हिंसा न्यूनिकरण गर्न बक्ताहरुले नगरवासीलाई आग्रह गरेका छन् । माहाकालीमा सरकारी तथा गैरसरकारी संघ संस्था, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निजि क्षेत्र सबैले लैगिंक हिंसा अन्त्य गर्न प्रतिबद्धता पनि जनाएका छन् । सदियौं देखि महिलाहरु महिला हिंसाको शिकार भईरहेको भन्दै आउदा दिनमा महिला हिंसा अन्त्य गर्न प्रतिकारात्क रुपले लाग्नुपर्ने समेत माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।


नेपाल सरकारले अन्तराष्ट्रियमा रुपमा सबै प्रकारका विभेदहरु उन्मुल्न गर्ने महासन्धीमा हस्ताक्षर गरिसकेको र अहिले मुलुकमा शिक्षा, स्वास्थ्यका हिसाबले पनि महिलाहरु पछाडि परिरहेको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीको भनाई रहेको छ् । माहाकाली नगरपालिका कार्यालयले मात्रै हिंसा विरुद्धको न्यूनिकरण गर्न कठिन हुने हुदा माहाकाली नगर क्षेत्रमा रहेका विभिन्न संघ संस्था, सञ्जाल, संचारमाध्यमहरुले हाते मालो गरि हिंसा न्युनिकरण गर्न सकिने डिसी थुथ नेटवर्कका सल्लाहकार तथा नेकपा माहाकालीका सचिव भिम कुमालले बताएका छन् । घरेलु हिंसा, कुटपिट, घर निकाला, श्रोत साधनबाट बञ्चितिकरण लगाएतका हिंसाहरु वैवाहिक बलात्कार, दाईजो सम्बन्धी हिंसा, बालविवाह, बहुविवाह, बालिका भ्रुण पहिचान गरि गरिने गर्भ पतन, बोक्सीको आरोप लगाई गरिने हिंसाहरु, छाउपडी र त्यस्तै प्रकारका महिनावारीका समयमा गरिने विभेदपूर्ण व्यवहारहरु र यौन शोषणका लागी हुने बालिका र महिलाको बेचविखन आदि नेपालमा लंैगिक विभेदमा आधारित हिंसाका स्वरुपहरु रहेको उनको भनाई रहेको छ् ।

यस्तै माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझ गिरीले जस्तो सुकै हिंसा भएपनि त्यसको हामी सबैले प्रतिकार गर्नु पर्ने बताएका छन् । जसरी हामीले बालेको मैन बत्ती पग्लेर जादै छ त्यसरीनै हिंसा न्युनीकरण जाने आफुले बिश्वास लिएको बताएका छन् । हिंसाबाट प्रभावित व्यक्तिहरु विशेष गरी महिला तथा किशोरीहरुमा शारीरिक तथा मानसिक दुवै प्रकारका प्रभावहरु पर्ने नेपाली काग्रेंस माहाकालीका नगर सभापती डम्मर चन्दले बताएका छन् । यसको प्रभाव परिवार व्यक्तिमा मात्र सिमित नभई हिंसाहरुले परिवार, समाज र राष्ट्र सबै स्तरमा प्रभाव पार्ने गरेको उनको भनाई रहेको छ् । ‘म हिंसा गर्दिन । म हिंसा सहदैन् । कसैले हिंसा गरेको त्यसको प्रतिकार गर्छु ।’ भन्दै सबैले प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, डिसी युथ नेटवर्कका सल्लाहकार तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमाल तथा डिसी युथ नेटवर्कका अध्यक्ष जिवन धामी, उपाध्यक्ष लक्ष्मी चन्द, सह–सचिव भक्त बहादुर रावत, सदस्य सागर नेपाली, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक सबिना थापा, सनसेट युथ भोलेन्ट्री गु्रपका संयोजक रमेश भण्डारी, रेडक्रस सोसाईटी दोधारा उपशाखाका प्रतिनिधी, निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी, माहाकाली नगरपालिका महिला शाखाका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन निड्स नेपालका प्रतिनिधी वर्षा साँउदले गरेका थिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईन्छ् ।






